कृषि विकास बैंक ह्याकिङ्गका मुख्य योजनाकार यस्ता छन्

काठमाडौं,असााेज ८। कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार रुपैयाँ चोरी प्रकरणका मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर भएको प्रहरीले जनाएको छ ।

नेपालका बैंकहरुबाट रकम निकाल्ने मुख्य योजनाकार काले भनिने पिटरले भारतमा बसेर नेपाली नागरिकको सहायताले कृषि विकास बैङ्कको रकम निकालेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको भएपनि ४ करोड ७३ लाख १६ हजार रकम ट्रान्सफर गर्न सफल भएको भएपनि उनीहरु ६० लाखमात्र रकम निकाल्न सफल भएका प्रहरीले जनाएको छ ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।