बम विस्फोट हुँदा पाँच घाइते

टर्की।अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

 

प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो ।

 

उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो ।

घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिनुभयो ।एजेन्सी,