बिहेअघि यौन सम्बन्ध राख्न नदिने कानुन, सर्वसाधारणको चर्को विरोध

एजेन्सी। इन्डोनेशियामा हालै प्रस्तावित एक कानुनको चर्काे विरोध भइरहेको छ । प्रस्तावित कानुन पारित भएर कार्यान्वयन भएमा त्यसले बिवाह अगाडि यौन सम्बनध राख्न नदिने, गर्भपतनलाई प्रतिबन्ध गर्ने र राष्ट्रपतिको अपमानलाई समेत अपराध ठहर गर्ने छ ।

 

प्रस्तावित कानुनको इन्डोनेसियामा चर्को विरोध भइरहेको छ । संसद्‌बाहिर प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग समेत गरिसकेको छ ।

 

उक्त मस्यौदा कानुनलाई पारित गर्ने कुरा हाल पछि सरेको छ । तर यो मस्यौदा पछि पारित हुने भन्दै खारेजीको माग गर्दै प्रदर्शनकारीहरले प्रदर्शन जारी राखेका छन् ।

 

प्रस्तावित कानुनमा विवाहपूर्व यौन सम्बन्ध राखे अपराध ठहर हुने र त्यसो गरेको पाइएका एक वर्ष जेल सजाय हुने प्रावधान रहेको छ । त्यस्तै विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय तोकिएको छ भने राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन ।

 

गर्भपतनलाई प्रतिबन्ध लगाउने लक्षित गरी प्रस्तावित कानुनमा चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजायको व्यवस्था राखिएको छ ।

 

त्यस्तै भ्रष्टाचार नियन्त्रण गर्ने समबन्धि कानुन पनि आफ्नो पक्षमा नभएर भ्रष्टाचारीकै लागि हितकारी रहेको सर्वसाधरणले आरोप लगाएका छन् । सो क्रममा राजधानी जर्कातामा अवस्थित संसद भवन बाहिर ठुलो संख्यामा प्रदर्शन जारी छ ।