बेहुली विवाह गर्न जन्ती लिएर आफै बेहुलाको घर पुगेपछि हेर्नुहोस्

बंगलादेशकी एक युवती जन्ती लिएरै बिवाहका लागि बेहुलाको घरमा पुगेकी छिन । परम्परा तोडदै १९ वर्षीया खदिजा अख्तर खुसी जत्नी बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी हुन । खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो काम गरेको बताएकी छन । यो देशमा शताब्दिऔंदेखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन छ । खदिजाले आफ्नो विवाहको घटना भाइरल भएको केही दिन पछि बीबीसी बंगालीसँग भनिन, ‘यदि केटाले विवाह गरेर केटी ल्याउन सक्छ भने केटीले किन गर्न सक्दिनँ ?

 

खदिजाले तारिकुल इस्लामसँग विवाह गरेकी छिन् । यद्यपि, यो घटनाले कतिलाई प्रेरित गरेको छ भने कतिमा रोष पैदा गराएको छ । एक व्यक्तिले रिसाउँदै भनेका छन, ‘दम्पत्ति र उनका परिवारलाई चप्पलले कुट्नुपर्छ ।’ खदिजा र उनका दुलहाका लागि यो निकै सामान्य कुरा थियो, उनीहरु दुबै राम्रो काम गर्नुपर्ने मान्यता राख्छन् । उनले बीबीसीसँग भनेकी छन, ‘यहाँ परम्परा मुद्दा होइन । यो महिला अधिकारको एउटा मसला हो । आज यदि एक युवतीले युवकसँग विवाह गर्न जान्छिन् भने कसैलाई केही क्षती हुँदैन ।

 

उनले भनिन, ‘यसको साटो, महिलामाथि दुर्व्यवहार कम हुनेछ । कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन ।’ यी दम्पत्तिले जसरी विवाह गरे, त्यसको व्यापक विरोध हुने उनीहरुलाई राम्रोसँग थाहा थियो । यो विवाह गत शनिबार भारतको सीमामा अवस्थित एक ग्रामीण क्षेत्रमा भएको हो । यहाँसम्म कि उनीहरुका आफ्नै परिवारका सदस्य पनि सुरुवातमा यस्तो विवाहका लागि उत्सुक थिएनन् । यद्यपि, २७ वर्षीय तारिकुले अन्त्यमा परिवार राजी भएको बताए । आफूले कुनै पनि गल्ती नगरेकोमा उनीहरु ढुक्क छन् ।

 

नव दम्पत्तिले भने, ‘अदालत, मस्जिदमा विभिन्न विवाह हुन्छन् । हामी धर्म अनुसार विवाह गर्छौं ।’ उनका अनुसार त्यहाँ एक काजी र साक्षी हुन्छन् । यस्ता विवाह पंजीकरण हुन्छ । त्यो विवाहको औपचारिकता हो । हामीले ठ्याक्कै त्यस्तै गरेका छौं । उनले भने, ‘मानिसहरुले के सोच्छन, के भन्छन, त्यो महत्वपूर्ण होइन । केही मानिसरुले भिन्न सोच्न सक्छन, सबैका आ–आफ्नै धारणा हुन्छन् ।

 

कस्तो छ परम्परा ? बीबीसी बंगाली संवाददाता संजना चौधरी भन्छिन, ‘यहाँको परम्परा अनुसार दुलहा र उनका आफन्त दुलहीको घरमा जान्छन् । त्यहाँ विवाह समारोह आयोजना गरिन्छ र उत्सव मनाइन्छ । त्यसपछि दुलही आफ्नो परिवारसँग बिदा लिन्छिन् र दुलहाको घरमा भित्रिन्छिन् ।’ यो परम्परा वर्षौंदेखि जारी छ ।

 

यद्यपि, पश्चिमी बंगलादेशको एउटा जिल्ला मेहेरपुरमा केही भिन्न देख्न पाइयो । यहाँ दुलही आफ्नो परिवारका सदस्यसँग विवाह गर्न दुलहाको घर गइन् र विवाहपछि दुलहा, दुलहीको घरमा गए । यो विवाहको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन । थुप्रै पुरुषका लागि यो अपमानजनक हुनसक्छ । कतिले यो घटनालाई अचम्मित गरिदिने किसिमको पनि भन्न सक्छन् । यहाँसम्म कि एउटा सानो गाउँमा विवाहको जस्तो घटना भएको छ, त्यस्तो बंगलादेशको शहरमा अहिलेसम्म पनि भएको छैन । दम्पत्तीले विवाहित जीवनको सुरुवात एउटा ठूलो साहस देखाउँदै गरेका छन् ।

 

उनीहरुको आत्मविश्वासबाहेक यो एउटा साहसपूर्ण निर्णय थियो । हालैका वर्षमा बंगलादेशमा समानताको दिशामा निकै प्रगती भएको छ । विश्व आर्थिक मञ्चका अनुसार लैंगिक समानताका मामलामा दक्षिण एशियामा बंगलादेशको श्रेणी उच्च छ । यद्यपि, गम्भीर मामला अझै पनि कायम छन् । १९ वर्षकी नुसरत जहाँ रफीको मृत्यु संसारभरी चर्चामा रह्यो । उनले प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेपछि उनलाई जिउँदै जलाएर हत्या गरियो । यसैबीच संयुक्त राष्ट्रले विवाह गर्ने दुई तिहाई महिलाले आफ्नो जीवनसाथीको हातबाट हिंसाको शिकार हुनुपरेको बताएको छ जसमा गत वर्ष आधा महिलाले रिपोर्ट दर्ता गराए ।

 

र जब मुस्लिम बहुल देशमा शिक्षा, विवाह कानूनजस्ता विषयमा प्रगतिको कुरा भइरहेका बेला महिला अधिकार समूहले प्रतिबन्ध र पक्षपातको आरोप लगाउँछ । स्मरण रहोस, बंगलादेश हाई कोर्टले गत महिना विवाहको फारमबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ । त्यसपछि अब महिलाले विवाहको फारममा भर्जिन भएको जानकारी दिन आवश्यक छैन । पुरुषले यस्ता कुनै पनि कुराको घोषणा गर्नुपर्दैन । तारिकुल र खदिजा आफ्नो विवाह लैङ्गिक समानताको दिशामा एक प्रतिगामी कदम हुनेमा आशावादी छन् ।

 

तारिकुलले समाचार एजेन्सी एएफपीलाई भने, ‘एक पुरुषले जे गर्न सक्छन, त्यो महिलाले पनि गर्न सक्छन् भन्ने कुराको सन्देश हाम्रो विवाहले दिने कुरामा म आशावादी छु ।’ यदि यस्तो भएन छ भने पनि उनीहरु आफ्नो निर्णयले अत्यधिक खुसी हुनेछन् । खदिजाले भनिन, ‘हामीले विवाहमा असाध्यै रमाइलो गर्यौं ।एजेन्सी,