आज मिति २०७६ साल असाेज १० गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

खानपान तथा बाहिरि बताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई औषधि उपचार खर्च बढेर जान सक्छ । बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुनेछन् । सन्तान तथा छोराछोरिसँग सैद्धान्तिक कुरामा राज बाजिनेछ भने आफन्त तथा साथिभाई पनि तपाईदेखि टाडिने सम्भावना रहेकोछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।