विप्लप नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेता पक्राउ

नवलपरासी ,असाेज ११।नेत्रविक्रम चन्द  विप्लप नेतृत्वकाे नेकपाका ३ जना विद्यार्थी नेतालाई नवलपरासीको सुनवलबाट प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक,पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।