प्रविधिनै हतियार

काठमाडौं,असाेज १२। बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेन्डिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्टेलियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्टे«लियन डलर पठाए। अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो। त्यसपछि सिस्टम ह्याक गरेर उक्त रकम ठगी ग(यो। इमेल ह्याक गरी ठगी गर्ने व्यक्ति थिए, नाइजेरियाका डोग्लास अमोवी ओको इजवे र जुलिअस फेस्टस चिजेक्व। प्रहरी अनुसन्धानपछि उक्त रकम नेपाल भ्रमणमा रहेका नाइजेरियन व्यक्तिले नै गेस्ट हाउसलाई तिर्न ह्याक गरेर पैसा चोरी गरेको खुल्यो।

 

काठमाडौं इजी ट्रेन्ड नामक गैरकानुनी वेबसाइट चलाउँदै आएका १५ जना भारतीयको समूहले नेटवर्किङ व्यवसाय राम्रो छ भन्दै रकम लुट्दै आएको भनी अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी प(यो। उजुरीमा सो समूहले नेटवर्किङ व्यवसाय गर्ने नाममा विभिन्न व्यक्तिसँग लाखौं रकम असुलेको उल्लेख थियो। उजुरीका आधारमा प्रहरीले १५ जनाको सो समूहलाई वैशाख २७ गते याक एन्ड यति होटलबाट पक्राउ ग(यो। उनीहरूमाथि अनुसन्धान चलिरहेको छ।

 

कृषि विकास बैंक प्रधान कार्यालयबाट असोज ८ गते चिनियाँ ह्याकरहरूको टिमले अनुमानित दुई करोड रुपैयाँबराबरको रकम चोरी ग(यो। टोलीले बैंकको रकम चोरी गर्नका लागि सातरआठजनाको खाता प्रयोग गरेको थियो। यसलाई प्रविधि प्रयोग गरेर नेपालमा भएको ठूलो घटनाको रूपमा प्रहरीले लिएको छ। यसबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिहरहेको छ।

 

एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको छ।

पछिल्लो समय विज्ञान–प्रविधिको सहायता लिएर गरिएका केही ‘अपराध’ का उदाहरण हुन् यी। एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रहरीका अनुसार पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध ह्वात्तै बढेको छ। यसले विज्ञान–प्रविधि नै अपराधको मुख्य कारक बन्ने त होइन भन्ने आशंका पनि बढाएको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको प्रहरी अधिकारी बताउँछन्।

 

महानगरीय अपराध महाशाखा टेकुका अनुसार पछिल्लो समय अपराधीहरूले प्रविधिलाई अपराधको ‘साधन’ मान्न थालेका छन्। साइबर सेक्युरिटी कमजोर भएका देशहरू यस्ता अपराधीका निशाना बनिरहेका छन्। विदेशमै बसेर पनि प्रविधिमार्फत अपराध गरेको महानगरीय अपराध महाशाखा टेकुका एसपी केदार ढकालले जानकारी दिए। उनका अनुसार प्रविधिमार्फत हुने अपराध न्यूनीकरणका लागि प्रहरीलाई समेत हम्मेहम्मे परिरहेको छ। नेपालमा राम्रो साइबर सेक्युरिटी नहुँदा त्यसको फाइदा ह्याकरहरूले लिएको उनको भनाइ छ। ‘परम्परागत अपराध गर्ने शैली र अहिलेको शैलीमा व्यापक भिन्नता आएको छ, पहिलेपहिले अपराधीहरू आफैं उपस्थित भएर लुटपाट र चोरी गरेका हुन्थे,’ उनले भने, ‘तर अहिले आफ्नो उपस्थितिबिनै पनि आपराधिक क्रियाकलाप गरिरहेका छन्, सरकारले साइबर सेक्युरिटीमा राम्रो लगानी नगर्दा प्रहरीलाई पनि अनुसन्धान गर्न चुनौती हुने गरेको छ।’

 

उनका अनुसार एक वर्षमा दर्जनभन्दा बढी साइवर अपराधका घटना भएका छन्। ती घटना पनि प्रविधिसँगै जोडिएका छन्। सामाजिक परिवर्तनसँगै अपराध गर्नका निम्ति अपनाइने तौरतरिकामा पनि व्यापक भिन्नता आएपछि त्यसको सुरक्षा प्रहरीले अपनाउन थालेको छ। साइवर सेक्युरिटीतिर प्रहरी परिचालनसमेत हुन थालेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९मेट्रो० का एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनका अनुसार साइबर सेक्युरिटीमा लगानी र चासो कम हुँदा विदेशी ह्याकरहरूको आपराधिक नजरमा नेपालमा पर्न लागेको हो। ‘हामीकहाँ साइबर सेक्युरिटी कमजोर छ, सरकारले त्यति लगानी गरेको छैन, त्यति हुँदाहुँदै पनि प्रहरीले अपराधी उम्कन दिएको छैन, अहिले विदेशीहरूले नेपालका वित्तीय क्षेत्रलाई बढी ‘टार्गेट’ मा राखेका छन्, यसबारे सावधानी अपनाउन जरुरी छ,’ उनले भने।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी कृष्णकुमार चन्दका अनुसार विदेशीहरू नेपालमा घुम्ने लक्ष्य मात्रै नभएर आपराधिक मनसाय लिएरसमेत आउन थालेका छन्। हामीकहाँ विज्ञान–प्रविधिको बढी प्रयोग हुन थाले पनि त्यसको सेक्युरिटी सिस्टम कमजोर भएकाले सोसल साइटदेखि संघसंस्थाका साइटहरूसमेत ह्याक हुन थालेको छ। ‘दक्षिण एसियामा प्रविधि प्रयोग गर्ने अब्बल स्थानमा हामी पर्छौं,’ उनले भने, ‘तर त्यसको सुरक्षाको हिसाब हामी तल छौं, त्यसले हामीलाई असर पारिरहेको छ।नागरिकदैनिकमा समाचार छ।