एक धनाढ्य बाउको अनौठो घोषणा :आफ्नो छोरीसँग बिहे गर्नेलाई साढे ३ करोड इनाम दिने

एजेन्सी। छोरीको बिहे गराउका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका छन् । आफ्नी कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन्।

 

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त, केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो, केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो, केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

 

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

 

उनकी छोरी कर्निता अहिले २६ वर्षकी भइन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको बताइएको छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन्।