सभामुखमाथि लाग्यो गम्भीर आरोप: महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्

 काठमाडौं असोज, १३ । शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।

 

सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । अनलाइनखबरको सम्पर्कमा आएकी संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाइन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरिन् ।

 

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले अनलाइनखबरलाई बताइन् ।

प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अश्वीकार गरेको छ ।

 

सभामुख महरा भन्छन्– उहाँले समायोजनको रीस पोख्नुभएको मात्र हो

सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको अनलाइनखबरलाई बताए । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे ।

 

‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो रु’ अनलाइनखबरको प्रश्नमा सभामुख महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।अनलाइनखबर बाट।