यसवर्षको दशैँ टीकाको साइत बिहान १० बजेर ३५ मा

काठमाडौँ, असोज २० । बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १० बजेर ३५ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

 

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।