तीन दिनको मौसममी विवरण यस्तो छ

काठमाडौं, असोज २३ । पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु–भागमा आंशिकदेखि सामान्य बदलि भई पुर्वि भु–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भु–भाग आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदली र तराईका भु–भागमा सामान्यतया सफा रहेको छ।

असोज २३ गते  बिहिबार 

दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भु–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको मध्य तथा पुर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली साथै पश्चिमी भु–भागमा आंशिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते शुक्रबार 

दिउँसोः देशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भु–भागमा आंशिक बदली रहनेछ।

रातीः देशको पहाडी भु–भागमा आंशिक बदलि रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भु–भागमा आंशिक बदली रहनेछ।

असोज २५ गते शनिबार 

दिउँसोः देशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भु–भागमा आंशिक बदली रहनेछ।

रातीः देशको पहाडी भु–भागमा आंशिक बदली रहने र तराईका भु–भागमा सामान्यतया सफा रहेको छ।