आज बडा दशैँको १२ औँ दिन अर्थात टीकाको तेस्रो दिन, मान्यजनबाट टीका थापेर आशीर्वाद लिदै

काठमाडौँ, असोज २३ । विजया दशमीको शुभसाइत मंगलबार सकिए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म पनि जारी छ । टीकाको तेस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिन्छन्।असत्यमाथि सत्य शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

 

यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

 

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।