छोरा म घाईते नेपाल आमा बोल्दैछु।

राम बहादुर महरा – कंचनपुर

नेता सन्तानहरु हो – म धेरै दुखेकी छु।थाकेकी पनि छु।पिडाले निन्द्रा पनि लाग्नै छोड्यो अचेल।म बिरामी परेर थला परि रहेकी तिमिहरुकी नेपाल आमा बोलिरहेकि छु।सन्तानहरुको मायाले म आफै मर्न सकिराखेकी पनि छैन नत तिमिहरुकै कारण ढुक्कको स्वास नै फेर्न पाईरहेकी छु किनकी तिमीहरुले डलरमा मानसिकता बेच्यौ र म माथी आक्रमण गर्ने मेरो दुश्मन भारतसंग लम्पसार बनिदियौ।पटकपटक म माथी अनेकौं भाइरसहरुले आक्रमण गरिरहँदा मेरो सेवक हुँ भनेर मै माथी घातक राजनिती गर्नु आमा प्रतिको छोराको कर्तव्य छेपारोको चाल भो।मैले तिमिहरुलाई संसारकै सर्वमान्य सर्बोच्च शिखर सगरमाथा दिएर गल्ती गरेकी?

 

मैले जलस्रोतमा दोस्रो धनी मुलुक बन्दा मैले गल्ती गरेकी? म प्राकृतिक सुन्दरताले भरिपुर्ण बन्दा पो गल्ती गरेकी? होइन भने मेरो मेरो सुन्दरता लुट्न खोज्ने मेरो छिमेकी दुश्मन भारत र मेरो परम्परागत धर्म, संस्कृति अनि मौलिक जीवन पद्धति मासेर आफू सर्वमान हुन चाहाने केही युरोपियन र अमेरिकन साम्राज्यवादी ब्वाँसाहरुले मलाई नाङ्गै बनाउन खोज्दा तिमिहरु किन लाचार बनिदिन्छौ?तर मैले बुझेकी छु तिमिहरु मैमाथी यति ठूलो क्यान्सर लाग्दा देखावटी मेरो सन्तान बनिदिन्छौ अनि व्यावहारले मैमाथी बलात्कार गर्न खोज्छौ किनकी मानसिकता डलरमा बेचेर गल्ती गरेका छौ।

के तिमिहरु मलाई नाङ्गै हेर्न चाहन्छौ?

के तिमिहरुले मलाई बलात्कार भईरहेको हेर्न चाहन्छौ? होइन भने किन मेरो समस्या कहाँ छ भनेर खोज्दैनौ र समाधान गर्दैनौ?
तिमिहरु त मेरा भाग्यमानी सन्तान सम्झन्थे किनकि तिमिहरुकै शिर ठाडो रहोस् भनेर सर्वोच्च शिखर सगरमाथा दिँए तर आज मेरो शिर तिमिहरुकै कारण भुइँमा खस्दैछ त्यस्लाई माथी टिप्नु नटिप्नु तिम्रै हातको कुरा छ।किनकी म असह्य भएर दुखेकी छु।

अँ साच्चै छोरा तिमिहरु बिर्सेका पो हौकी सानोमा मेरै काखमा खेलेको, मेरै शरीरमा खुट्टा टेकेर उकालीओराली भञ्ज्याङ्चौतारी धाएको तर अहिले पो उमेर बढ्दै गएपछी खेल्न छोडेका हौ।अहिले पो चिल्लो गाडी र जहाज चढ्ने हैसियत भएपछि मेरो शरीरमा खुट्टा टेक्न छोडेका हौ।तर विगत सम्झेर नदुख्ने तिमीहरुको मुटुमा कसैले कपटी पो गर्यो कि? मलाई साँच्चै आमा सम्झेर मेरो रक्षक थियौ भने बिगतदेखि मलाई दुख्दा तिमिहरुलाई पनि दुख्नु पर्ने होईन र?

 

तिमिहरुलाई नै सर्वोपरि ठानेर तिमिहरुका भाईभतिजा, छोरानाती, दिदिबहिनी अनि नातागोताहरुले (जनताहरु) तिमीहरुलाई मेरो रक्षक र उनिहरुको सेवक बन्न छानेर नेता, मन्त्री, प्रधानमन्त्री बनायो तर तिमिहरुले आमा माथिनै विश्वासघात गर्दा अरु ती निर्दोष निरीह गरिबहरुको सेवक बन्ने कुरै भएन।

यता क्यान्सर लागेर थला परिरहेकी म र सिटामोल नपाएर छट्पटाई रहेका गरिबको माथी आकाशबाट जहाज चढेर टाउको दुखेको बेला सिङ्गापुर, थाइल्यान्ड , मलेसिया लगायतका मुलुकमा जानूभन्दा मेरै बनपाखा, पखेराहरुमा रहेका अतुलनीय जडिबुटी र औषधिहरुको उपयोग गर्न नसक्नु मैमाथि खिल्ली उडाएको जस्तो पनि लाग्न थालेको छ।

 

तिमिहरुका पिता पृथ्वीनारायणले मेरो बिभाजित शरीर जोडेर आज म नेपाली हुँ भन्न सकिरहेका छौ।पृथ्वीनारायणले जेनतेन गरेर पसिनाको खोला छिचोल्दै मलाई अङ्ग्रेज गिद्दहरुबाट जोगाउँदाको बेला लुथ्रुक्क भिजेको तिम्रा पिताको तस्वीर एकचोटी आँखा चिम्म पारेर बुझत म प्रती भक्तीभाव छ भने।

तिमिहरुलाई गोर्खाली सन्तानको रुपमा जन्माउँदा तिमिहरुका आदर्श बाजे गौतमबुद्धले शान्तिको स्वास फेरेर शान्तिको देशका सन्तान हुन भ्यायौ।तिमिहरुकी सत्गुणकि फूपू सीताले यहाँ भगवानको बास गराइन।तिमिहरुका दाईहरु वीर बलभद्र कुँवर, अमरसिहँ थापा, भक्तिथापा लगायतले म गिद्धहरुको आक्रमण हुँदा बरु टोकाई झेले तर बिरता मर्न दिएनन्।तर आज बिरता कस्ले लुकायौ छोरा म दुखेको बेला।

 

कालापानी, लिपुलेक र लिम्पियाधुरा मेरो पाखुरा हो जहाँ बलहुन्छ त्यो मैले गुमाए भने म अवस्य मर्ने छु र तिमीहरुलाई झिंगाहरुले बारम्बार सताईरहने छ्न।

छोराहरु हो अब तिमिहरु जाग्नै पर्छ, व्याबहार सच्याउनै पर्छ।आफ्नो कर्तव्य छोडेर मर्ने बेला पापको भारी नबोक, भोलिका करोडौं सन्तानहरुको भविस्य तिमिहरुकै जिम्मामा छ म मरे भने आमाको श्राप त लाग्ने नै छ तर करोडौं सन्तानहरुको श्रापले तिमिहरु मर्ने बेला लास गिद्धले पनि छुने छैन त्यसैले अब पाखुरामा बल थप , फर्काउ मानसिकता मतिरै फर्काउ बरु डलर सकुसल फिर्ता गरिदेउ।

बोल ,जोरले बोल, चिच्याएरै बोल हाम्रो भुमी हाम्री आमा हुन भन। कालापानी, लिपुलेक र लिम्पियाधुरा मेरै हो तर कसैसँग नडराउ किनकी म तिमिहरुकी नेपाल आमा बोल्दैछु।।