क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं,कार्तिक २५ । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले  देशको सीमा सुरक्षा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छ। यो भन्दा पहिलेनै आफुहरूले सिमानाको बारेमा ज्ञापनपत्र समेत बुझाएको तर यो सरकारलाइ सचेत गराउँदा समेत कुनै किसिमको चासो नदेखाएको व्यवास्ता गरेको भन्दै सरकारी नेकपा निकट विद्यार्थीले र नेविसंघले अहिले आएर आन्दोलनको नाटक मान्चन मात्र गरेको अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलले गमभिर आरोप लगाएका छन्।

 

त्यस्तै  प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत मागेका छन् । सोमबार लैनचौरस्थित भारतीय दुताबास घेराउ गर्न गएका विद्यार्थी नेताहरुले ओलीको राजीनामा माग गरेका हुन् ।

दुताबास घेराउको क्रममा क्रान्तिकारी विद्यार्थी नेताहरुले भारतीय विस्तारवादका विरुद्ध चर्को नाराबाजी गर्दै दूताबास अगाडि एक घण्टा धर्ना समेत दिएका थिए । सो क्रममा मोदीको पुत्लादहन गर्दै नेपाली भूमि अतिक्रमणा गरिएको भारतीय नक्सा समेत जलाएका थिए ।

 

दुताबास घेराउसँगै आयोजित कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका केन्दि्य अध्यक्ष हरिकृष्ण गजुरेलले देशको सीमा सुरक्षा गर्न नसक्ने केपी ओलीलाई नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभकोले ओलीले तत्काल राजीनामा दिनुपर्ने सिमाकाे बारेमा तत्काल समधान नगरे अब ओलीकाे समेत पुतला दहन गर्ने समेत चेतावनि दिएका छन्। 

कार्यक्रममा विद्यार्थी नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।