आज सार्वजनिक विदा विज्ञप्तिसहित हेर्नुस्

काठमाडौं,कात्तिक २६।  बागलुङको ताराखोला गाँउपालिकाले आज मंगलवार (कात्तिक २६ गते) सार्वजनिक विदा दिएको छ।गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

 

गाँउपालिका मातहतका सबै संघ सस्था, शिक्षण सस्थामा बिदा दिइएको शर्माले बताए । १५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदायले प्रत्येक वर्ष कात्तिक २४ गते देखि २६ गते सम्म भुष पोल्ने पर्व मनाउँछन ।

 

अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन ।यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक पर्व भएकोले सार्वजनिक विदा दिएको गाँउपालिका कार्यालयले जनाएको छ ।

विज्ञप्तिसहित हेर्नुहाेस्।