कारको ठक्करबाट भारतमा-नेपाली बालिकाको मृत्यु, दुई गम्भीर घाइते

गोवा। भारतको गोवास्थित डाबोलिममा कारको ठक्करबाट एक नेपाली बालिकाको ज्यान गएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

 

नोभेम्बर ५ तारिख बेलुका करिब ७ बजेको भएको उक्ता दुघृरुकुम मुसीकोट नगरपालिका-११ की ६ वर्षीया बालिका अनुपा वलीको मृत्यु भएको हो। मृतक अनुपाकि आमा २१ वर्षीया टीका वली र सोही स्थानका बिक्रम गिरी गम्भीर घाइते भएका छन् ।

 

घाइते टीका वली र बिक्रम गिरीलाई गोवा मेडिकल कलेजमा उपचार भैरहेको जानकारी मृतकका बुवा छपेन्द्र वलीले बताए । मृतक अनुपा वली घाइते टीका वली बिक्रम गिरी तीनैजना स्कुटरमा सवार थिए ।

 

कारको चालकलाई गोवा पुलिसले नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बडाएको छ। मृतकका आमाबाबु विगत एक वर्ष देखि रोजगारीको सिलसिलामा गोवामा कार्यरत थिए । साथै स्वघटनामा घाइतेलाई गोवामा कार्यरत प्रवासी नेपालीबाट ३९ हजार भारु आर्थिक सहयोग गरिएको छ ।