उत्तरी मुगुमा नेकपाको सङ्गठन विस्तार

भौगोलिक विकटताका वावजुद मुगु जिल्लाको उत्तरी क्षेत्र मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सङ्गठन विस्तार तथा एकता भएको छ ।

 

मुगु जिल्लाको उत्तरी क्षेत्रमा विभिन्न राजनैतिक दलका सङ्गठन भएपनी त्यहाको जनजीवन, भूगोलका कारण सशक्त हुन सकेका थिएनन् ।

 

केन्द्रमा एकता भएसङ्गै नेकपाको स्थानीय तहमा पनि एकता तथा सङ्गठन विस्तार कार्यमा स्थानीय कार्यकर्ता सक्रिय रहेका छन ।

 

मुगुमा पनि स्थानीय कार्यकर्ताहरु सङ्गठन विस्तार तथा एकता अभियानमा सक्रिय भएका छन । नेकपा मुगुम कार्मारोङ गाउँ कमिटी अध्यक्ष सोनाम छिरिङ लामाको मुख्य नेतृत्वमा गाउँपालिकाका विभिन्न वडामा सङ्गठन विस्तार तथा सपथ ग्रहण कार्यक्रम भैरहेको त्यो क्षेत्रका युवा नेता कार्मा छिरिङ लामाले बताए ।