“नेपाल आमा संगै नेपालकी छाेरी राेहिरहेछिन”

 सबिता थापा- रिब्दिकाेट पाल्पा

म नेपाल  आमाको न्यानो स्पर्स सहितको काखमा सुतेर,निद्रेस्वर महादेवाट विदालिइ,बिउजेस्वर महादेवको काखमा झस्ल्याङ्ग परेकि थिए। त्यतिकैमा मेरी हजुर आमाको रेडियोमा,, रेडियो नेपालबाट “प्रमुख समाचार” प्रशारण भैरहेको थियो। म सुन्दै थिए,”छिमेकी राष्ट भारतले नेपालको लिपुलेक ,लिम्पियाधारा र कालापानि जस्ता अमुल्य ठाँउ  आफ्नो देशको नक्सामा समावेश गरेको छ।

 

“म आफ्नो  आमा बेचिएको खबर सुन्न नसकि कान थुन्न बाध्य भए। मेरो शरिर लगलग कापिरहेको थियो। नेपालि मुटु तिब्रगतिमा धड्किरहेको थियो, निशब्द भई मेरा प्रेरणादायिक बलिन्धारा आँशु मेरी, आमाको काखका तप तप खसिरहेको थियो।त्यो दिन थियो २०७६/ ७/१७ गते जुन दिन नेपाल आमा नेपत्थे बाट “मलाई बचाँउ बचाउँ”भनेर कराइ रहेकी थिन्।

राजा पृथ्विनारायण शाहाले सन्चालन गरेका विशाल नेपाल एकिकरण १८ औ शताब्दिको  सुरुवात सँगै गरेका थिए। एउटा सानो गोर्खा राज्यबाट बिस्तार एकिकरण अन्तमा “पुर्वमा टिष्टा (हालको बङ्गलादेश) पश्चिममा कागडा(कश्मिर) सम्म , उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा देहेरादुन बिहार, दिल्लि नजिक जमुना नदि” सम्म ।सन १८५७ मा भारतको लखनउमा भएको सिपाहि बिद्रोह दबाउनका निमिक्त जंगबहादुरले सहयोग गरे बापत बिर्टिसले हमिलाई बाके, बर्दिया, कैलालि, कन्चनपुर जिल्लाहरु फिर्ता गरेको इतिहास साँचि छ। हामिलाई अब लिपुलेक, कालापानि, लिम्पियाधुरा मात्र होइन रगतको थोपा थोपाबाट सिन्चेका दार्जलिङ्ग, सिक्किम देहरादुन, गडवाल,कमाउ, यमुना नदि देखिको सिङ्गो भुभाग हामिले पाउनु पर्छ इतिहास साँचि छ।

हिजो पुर्खाले लडेर जितेको मेरो देश आज मुर्खले बेचिदियो। पाँच बर्ष भित्र नेपाललाई सिङ्गापुर बनाउछु भन्थेउ तर नेपालको नाम निसान मेटाई हामिलाइ शरणार्थि बनाउने त होइनउ…? हत्यारा,हिंसा, बलत्कारि , अत्याचारिलाइ बचाउने मेरो देश बेचिएको होइन भन्न नसकिएला…? भोलिको दिनमा नेपाल देश थियो र…? भन्नि एक एकादेशको कथा नबन्ला भन्न नसकिएला।

नेपालि मन रोएको छ र म सँगै मेरि नेपाल आमा रोएकि छिन। म बोल्छु देशको लागि,म लड्छु देशको लागि र म मर्छु पनि मेरो देश नेपालको लागि। जय नेपाल ।