हराएको मोबाइल :यसरी भेट्टाउन सकिन्छ,कारण यस्ताे छ

एजेन्सी । सबैको हातहातमा हुने मोबाइल अहिले हराउने क्रम पनि बढ्दो छ ।आफ्नै कमजोरीका कारण र चोरी भएर मोबाइल हराउने गर्दछ । मोबाइलको लतमा परेकाहरुका लागि केहिबेर हातमा मोबाइल नहुँदा पनि धेरै उकुशमुकुश हुने गर्दछ ।

त्यसैले आज हामी तपाईंलाई यसरी अपरिहार्य बन्दै गएको मोबाइल हराएमा के गर्ने र कसरी पत्ता लगाउने भन्ने जानकारी गराउँदैछौं ।

 

१- सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

 

२- त्यसपछि गुगल सर्च बक्समा गएर ‘where’s my phone सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

 

३- यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

 

मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

यसरी खोज्नुहोस्

यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई सहज हुनेछ ।

 

तपाईले कसैको मोबाइल भेट्नु भएको छ र फिर्ता नदिने सोच्नु भएको छ भने त्यस्तो गल्ति नगर्नुहोस् किनकी तपाई प्रहरी खोरमा पर्नसक्नु हुनेछ ।  iphone का प्रयोगकर्ताले icloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ।