यस्ता छन् ढाड वा गर्दन दुखाई रोकथाम गर्ने उपायहरू

काठमाडौँ, मंसिर २१।ढाड वा गर्दन एक्कासी सहनै नसक्ने गरि एकैपटक दुख्छ । कसैलाई अलिअलि मात्रै दुख्छ भने कसैलाई सहनै नसक्ने गरी दुख्छ । यस्तो समस्या लिएर दैनिक बिरमी अस्पताल जाने गर्छन् । यो समस्या विशेष गरेर बृद्धाबृद्धमा धेरै हुने भएपनि मध्य उमेरको मानिसलाई पनि हुने गरेको छ ।

कारण

धेरै बेर एकै ठाउँमा बसेर जुरुक्क उठ्दा

शरीरमा पानीको कमी हुँदा

गह्रुंगो बस्तु उचाल्दा

बस्ने पोजिसन नमिल्दा

शरीरमा भिटामिनको कमी भएमा
लक्षण

कसैलाई लक्षण नै देखिदैन भने कसैलाई केहि लक्षण देखिन्छन ।

ढाड वा गर्दन मन्द वा बेस्सरी दुख्नु ।

सुतेर उठ्दा ढाड एक्कासी दुख्नु ।

काम गरिरहदाँ ढाड वा गर्दन दुख्छ तर यस्तो दुखाई केहि समय पछि निको हुनु ।
उपाय

नियमित व्यायाम गर्ने

तौल नियन्त्रण गर्ने

यात्रा गर्दा बीच बीचमा आराम गर्ने

शरीरलाई ग्राहो हुने वस्तु नउचाल्ने

लामो समय एउटै ठाउँमा नबस्ने वा एक एक घण्टामा यताउता चलिरहने

सन्तुलित भोजन खाने

सुत्ने र बस्नेको सन्तुलन मिलाउने, धेरै कडा वा नरम ओछ्यानमा नसुत्ने