किनहुन्छ महिनावारीमा ढिलाई यस्ता छन् कारण

महिलाहरुले महिनावारीमा विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दा ठूलो समस्या हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ । महिनावारीमा गडबढ भयो भने मानिसहरु यसलाई गर्भाधारण भएको हो कि भन्ने सोच्नु सामान्य कुरा नै भैसकेको छ । महिनावारीको बारेमा पूर्ण जानकारी नहुनुको कारण मानिसहरुले यस्तो सोच्ने गर्छन् ।

वास्तवमा महिनावारीमा अनियमितता हार्मोन्समा आएको परिर्वतनका कारण हुन्छ । धेरै जानकारहरुका अनुसार यदि कोही महिलाले तीन महिनाको बीचमा एउटा महिनावारी हुँदिनन् भने उनलाई गम्भीर समस्या हुनसक्छ । यस बाहेक कामकाज र तपाईंको वरपरको वातावरणले पनि महिनावारीमा असर पार्छ ।

 

आज हामी महिलाहरुमा गर्भाधारण बाहेक अरु कुन कुन कारणहरुले महिनावारीमा अनियमितता हुन्छ भन्ने कुराको बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

तनाव

तनावका कारण महिलाहरुको महिनावारीमा नराम्रो असर पर्छ । यदि धेरै तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर हार्मोनमा पर्छ । यो कारणले गर्दा महिनावारी अनियमितता हुन सक्छ ।

कम वजन

यदि वजन कम छ भने पनि यसको सिधा असर तपाईंको महिनावारीमा पर्छ । यदि वजन धेरै नै कम छ भने महिनावारीमा अनियमितताहरु आइरहन्छ ।

धेरै व्यायाम गर्नु

व्यायाम शरीरका लागि अति नै आवश्यक कुरा हो । यसले हाम्रो स्वास्थमा सकारात्मक असर पर्छ । तर, अत्यधिक व्यायाम नोक्सानदायक पनि हुनसक्छ । यसको प्रत्यक्ष असर तपाईंको हार्मोनमा पर्छ र महिनावारी ठीक समयमा हुँदैन ।

पोलिसिस्टिक आभरी सिन्ड्रोम

हिजोआजको जस्तो प्रकारको जीवनशैली छ । महिलाहरुमा पोलिसिस्टिक ओभरी सिन्ड्रोमको समस्या सामान्य हुन थालेको छ । यो रोगको कारण महिलाहरुमा अनियमित महिनावारीको समस्या हुन्छ । केवल महिनावारी मात्र नभएर यो रोगका कारण महिलाहरुमा वजन बढ्ने, कपाल झर्ने, अनुहारमा रौं, दाग जस्ता समस्याहरु पनि उत्पन्न हुन्छ ।