सम्भोग गरेको सपना देख्दा के हुन्छ ?

 मानिसको मनमा गुम्सिएर रहेको यौनइच्छा कहिलेकाहीँ सपनामा छताछुल्ल हुने गर्छ । विभिन्न अध्ययनहरुका अनुसार अधिकांश युवायुवती यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजनसँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस् । त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ ।

तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो?

१-यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा

यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुहोस् ।

२-आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा

यदि तपाइँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेत मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ ।

यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

३-कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखेमा

यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

४-कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा

यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ ।

यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ ।

५-प्रेमीसँग बिछोड भएको सपना देखेमा

प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् ।एजेन्सी ,