आज मिति २०७६ साल पाैष ०९ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नुनै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । बिहानको समयमा मिष्टान भोजनका साथ परिवारसँग रमाउन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउँने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।