छाउगोठ भत्काउन बाजुरामा स्थानीय तह र प्रहरी सक्रिय

बाजुरा ,पौष २७ ।बाजुरामा छाउगाेठ भत्काउन स्थानीय तह सकृय हुन थालेका छन्। बडिमालिका नगरपालिका वडा नम्बर आठ अन्र्तगत पर्ने रतुडा टोलमा एकै दिन  ५ ओटा छाउगोठ भत्काइएका छन् । बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो । नेपाल सरकार र्गृह मन्त्रालयको निदेर्शनको अनुसार  गाउँ रहेका छाउगाेठ भत्काउन लागिएको हाे। कुपर्था र पुर्खौ देखी जगडिएर रहेको प्रथाको अन्त्यका लागि सो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी  निरीक्षक दानबहादुर रोकायाले बताए । छाउ भएको समयमा परिवारका सदस्य संगै बसेर लापर्बाही गरेमा देबी देउता रीसाउने र देबी देउता बढी मान्ने ठाँउ रतुडा भएकाले छाउगोठ बस्न बाध्य भएकोले अबदेखी घरमै बस्ने स्थानीयको सहमती पछी गाउँमा रहेका सबै छाउगोठ भत्तकाइएको बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

 

 

रतुडामा ५० परिवारले सामुहीक रूपमा बनाएका ५ अाेटा छाउगाेठ नेपाल प्रहरी स्थानीय तहका जनप्रतिनिधी पत्रकार र स्थानीयकाे सक्रियतामा भत्काइएकाे छ  । साे ठाउँमा रहेका दल बहादुर एेडी, गाेल चदारा प्रकाश एेडी,लालबहादुर अएडी र बिन्दा कठायतकाे घर नजिकै बाहीर बनाएका ५ अाेटा सामुहीक छाउपडी गाेठहरू भत्काएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

 

 

त्यस्तो अन्धबिश्वासमा नबस्न भनी बुढापाकाहरूलाई सम्झाउदै आजै पाँच ओटा छाउगोठ भत्काएको हाे। उक्त ठाउमा धेरै प्रयास पछि आज छाउगोठ भत्काउन जिल्ला प्रहरी कार्यालयको पहलमा सफल भएको वडाअध्यक्ष रावलले बताए । बडिमालिका नगरपालिका ८ मा धार्मीक स्थलहरु बढी चर्चित भएकाले त्यंहाँका महिलाहरुले आज सम्म पनि छाउगोठमा बस्नु पर्ने बाध्यता छ त्यसैले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका ८ रतुडाकी महिला काली ऐडीले बताइन । देबी देउता मान्नु स्वभाविक भएपनी छाउगोठमा बस्नु गलत प्रथा भएको महसुस गर्दै उनले बताइन । कतिपय ठाँउमा महिलाको छाउगोठमै मृत्यु हुने गरेको हुंदा स्वयम महिलाको ज्यानको रक्षाका लागि उक्त छाउगोठ भत्काउने अभियान संचालनलाई निरन्तरता दिएको दिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

 

 

रतुडामा स्थानमा जयप्रकाश आधारभुत बिद्यालय छ । उक्त बिद्यायलयमा पढाउने शिक्षीका छाउ भएको ५ दिनसम्म समयमा बिद्यालय नजाने गरेको स्थानीयले बताए । शैक्षिक संस्था जस्तो जिम्बारी ठाउँमा छाउ प्रथा मान्नु गलत हाे। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोली र स्थानीयको सहभागीता छाउगाेठ भत्काइएकाे थियो ।