नेपाल प्रहरीमा जागिर छाड्नेको संख्या बढ्दाे

काठमाडौं, माघ ४ । नेपाल प्रहरीमा तल्लो दर्जामा जागिर छोड्नेको संख्या बढेको पाइएको छ । सेवा सुविधा तथा तलब भत्ता न्युन भएको कारण जागिर छाड्नेको संख्या बढेको हो । तीन वर्षको अवधिमा ७ हजार ३ सय ८० जनाभन्दा बढी कर्मचारीले बीचमै जागिर छाडेका छन् ।

 

प्रहरी जवान, हवल्दार, असई र सई दर्जाका प्रहरीहरु जागिर छाडेको तथ्यांकले देखाउँछ । जागिर छाड्ने तल्लो दर्जाका कर्मचारीहरुको गन्तव्य भने मलेसिया, दुबई, कतार, साउदी, कुवेतलगायत मुलुकहरू हुन् ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले ‘राष्ट्रले तयार पारेको जनशक्तिले बीचमै काम छाडेर पलायन हुने र कार्यालयमा जनशक्तिको कमी हुने’ विषयमा गम्भीर तरीकाले सोच्नुपर्ने बताए।

 

भत्ता, सेवा, सुविधा कटौती गर्ने हल्लाले पनि प्रहरी सेवा प्रति वितृष्णा जागेको छ