सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली जिल्लामा २० बर्षपछिको ठुलो हिमपाँत

बाजुरा,माघ, ४।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा २० बर्षपछिको ठुलो हिमँपातभएको छ । बिगतका बर्षमा थोरै  आउने गरेको थियो भने यो बर्षमा  धेरै हिमँपात भएको छ।

 

 

पहिला हिउँ आएपनि एक सातामा बिलाउने गरेको थियो, तर यो बर्ष भने एक डेढ महिना देखी हिउँ परिरहेको स्थानियले वताएका छन् ।

पटक पटक हिउँ परिरहेको छ, बाटोहरु अहिले सम्म अलपत्र रहेको स्थानीय बासिन्दाले बताएका छन् । धेरै बर्ष पछि ठुलो हिमँपात भएको स्थानीय बासिन्दाले वताए । यो २० बर्ष पछिको ठुलो हिमँपात भएको स्थानीयले  वताएका छन्  ।

 

मंसिरको अन्तिम साता देखी पटक पटक हिमपाँत भएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवत जावत गर्न समस्या हुनुका साथै केही गाँउ सम्पर्क बिच्छेद बनेका छन् ।

 

निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवासमेत अनियमित भइहरेको छ । स्थानिय सडक यातायात पनि १ महिना देखी अबरुद्ध रहेका छन् । हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक एक महिना देखी बन्द रहेको छ।सडक र हवाइमार्ग सबै बन्द रहेको स्थानीयले  वताएका छन् ।

 

 

चिसाको कारणले हिमाली भेगकागाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशितिर झरेका छन् ।

हिमाली भेगका बिद्यालय पुर्ण रुपमा बन्द भएका छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको छ। एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको स्थानीयले वताएका छन्  ।

 

 

बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जन जिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनिचिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् ।

 

चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।