स्वतन्त्र नेपाली नागरीकले लेखे : प्रधानसेनापति ज्यु लाई मन छुने चिट्ठी
राकेश कुमार शर्मा
महोदय,
प्रधानसेनापति ज्यु नेपालका राजनीतिक दलका नेताहरुको कारण नेपाली नागरिकहरुलाई बाच्न गाह्रो हुन लाग्यो । के.पी.शर्मा ओलीले भारतलाई के के न भनेर गाली गलौच गरे नेपालमा नाकाबन्दी भयो । पुष्प कमल दाहाल प्रचण्डले डोनाल्ड ट्रम्पलाई गाली गलौच गरेका छन।राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थ पुर्ती भएन भने आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय मुलुकहरूका नेताहरूलाई जथाभावी गाली गलौच गरेको परिणामको दुःख , कष्ट र पीडा नेपाल र बिदेशमा रहेका सर्व साधारण नेपाली नागरिकहरुले भुगतन पर्ने परिस्थिति आएको छ । प्रधानसेनापति ज्यु राजनीतिक दलका नेताहरूले जथाभावी अन्तर्राष्ट्रिय मुलुकहरूका नेताहरुलाई चिडाउने काम गरे भने हाम्रो मुलुक नेपाल सोमालिया ,अफगानिस्तान र रुवान्डा आदि आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन।
प्रधानसेनापति ज्यु हजुर संग भेट गर्ने समय पाउं भने हजुरले म सर्व साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला? हजुरलाई म सर्व साधारण नागरिक संग भेट गर्न समयको अभाव होला?यसकारण चिट्ठी मार्फत संदेश पठाउन खोजेको हो।
प्रधानसेनापति पूर्ण चन्द्र थापा ज्यु हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी , अवसरवादी गद्दार, राष्ट्रको अहित चाहने प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएका सांसदहरु र नेताहरुलाई कार्वाही गरी सबैको सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकासमा लगाउनुपर्छ। ।यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ।विक्रम सम्वत २०६२÷०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सभासद ,सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।
हाम्रो मुलुकमा परवेज मुसर्रफ जस्ता आंट ,साहस र हिम्मत गर्न सक्ने सेनाहरु ,शासकहरु र नागरिकहरु कोही पनि छैनन क्या हो? यदि छन भने राष्ट्रघाती र गद्दार नेताहरू बाट मुलुकलाई जोगाउनु पर्ने अवस्था छ।
विक्रम सम्वत २०६२÷०६३ साल पछि संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुक ढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ ।आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी स्वास मात्र छ।प्राण जान मात्र बांकी छ ।अन्तर्राष्ट्रिय मुलुकहरूमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषय वस्तु बन्न पुगेको छ । प्रधानसेनापति ज्यु हजुरले टुलुटुलु बसेर हुंदैन।पन्चायत कालमा १३३ जना सांसदहरु हुंदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुंदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ। संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद , राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख , राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री,मन्त्रीहरू ,८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो।हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुर हरुको नामले पनि चिनिन्छ।वीर गोर्खाली वीर बहादुर हरु कता गए कता हराए?यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन।आए परेको बाधा अड्चन हरुलाई सजिलो संग व्यहोर्नु परे व्यहोरथें ।
स्वतन्त्र नेपाली नागरीकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७