बाजुराको बुढीनन्दा नगपालिका द्धारा किर्ते समिति गठन

बाजुरा,माघ १२।बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकमा पर्ने पादुका, पोरखे सडक मर्मतका लागि नगरपालिकाले किर्ते उपभोक्ता समिति गठन गरी काम सञ्चालन गरेको खुलेको छ । नगरपालिकाले वडा नं एकको पादुका देखि वडा नं दशको पोरखे काधँ सम्मको सडक मर्मतका लागि किर्ते उपभोक्ता समिति गठन गरी डोजर माफर्त काम सञ्चालन गर्नका लागि १२ लाख रकम पेश्कि स्वरुप लिएर काम सञ्चालन गरेको जनाईएको छ । कच्ची सडक मर्मतका लागि सडक बोर्ड विभागबाट २५ लाख र नगरपालिकाको साझेदारी कोषबाट १० लाख गरी ३५ लाख बजेट रहेको छ ।

 तर नगरपालिकाकले ३० लाख भन्दा माथिका योजनाहरुलाई कार्यपालिकाले टेन्डर प्रक्रियाद्धारा गर्ने निर्णय गरेको भए पनि ३५ लाख रकम भएको योजनालाई समिति मार्फत गरेको पाईएकाले स्थानियले आपत्ति जनाएका छन । नगरपालिकाका दश वटै वडाका वडाअध्यक्ष, वडा सदश्य र कार्यपालिकाका सदश्य समेतलाई जानकारी नदिई उपभोक्ता समिति गठन गरी काम सञ्चालन गरीएको पाईएकाले स्थानियले अवरोध पारेका छन ।

 तत्काल सो सडक मर्मतका लागि नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा मिति २०७६ पौष १० गते बैठक वसि लालबहादुर रोकाया अध्यक्ष रहने गरी सात जना उपभोक्ता समिति गठन गरेको पाईएको नगरकार्यपालिकाका एकजना सदश्यले बताएका छन ।

समितिमा उपाध्यक्ष, धर्मा शिहं, कोषाध्यक्ष पद्यमा शिहं, सचिवमा दिपेन्द्र मल्ल र सदश्यमा धनराज रेग्मी, नरेश मल्ल, भुवन खड्का रहने गरी किर्ते समिति गठन गरेको बताईएको छ । समितिमा ३८ जनाको उपस्थिति रहेको जनाईएको छ ।

हाल समितिको सदश्यमा रहनुभएका धनराज रेग्मी जिल्लामा तीन महिना देखि नभएर तिहार गावै भारतमा रहनुभएको र उहाँको उपभोक्ता समितिमा किर्ते साईन भएको देखिएको नगरपालिका साेे्े्राेेेेतले जनाएको छ ।

नगरलाई ध्यानाकर्षण  पत्र
नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर वडा नं. १ संगठन कमिटीले नगरपालिकालाई ध्यानार्षण पत्र बुझाएको छ । बुढीनन्दा नगरपालिका वडा नं एकको वडा संघठन कमिटीले तत्काल गठन गरीएको उपभोक्ता समिति बदर गरी पुनं समिति गठन गरीपाउँ भनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई निवेदन मार्फत ध्यानार्षण गराएको हो । पादुका, पोरखे लेक सम्मको सडक खण्ड मर्मतका लागि अपारदर्शि ढंगले समिति गठन प्रक्रिया भएको र हिजो क्षेति ब्यहोरेका जनसमुदायलाई बञ्चित गरी आकाशे समिति गठन भएकाले तत्काल उक्त समिति बदर गरी पुनं समिति गठन गनुपर्ने माग सहितको निवेदन नगरपालिकालाई पेश गरीएको नेकपा बुढीनन्दा वडा संगठन कमिटीले जनाएको छ । बुढीनन्दा नगरपालिका वडा नं एकको क्षेत्र भित्र पर्ने सो सडक निमार्ण उपभोक्ता समितिमा वडा नं एकको उपभोक्ताको सहभागिता र प्रतिनिधित्व हुने गरी समिति गठनकोे ब्यवस्था गर्नु पर्ने नेकपा वडा संगठन कमिटीका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिनुभयो । अपारदर्शि ढङ्गले गठन गरीएको समिति बाट डोजर प्रयोग गरी काम सञ्चालन भएमा ठुलो विवाद सृजना हुने, विवादका विच कनै पनि अप्रिय घटना घटे्मा त्यसको सम्पुर्ण दोश र जिम्मा  नगरपालिका, नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत स्वयमंले जवाफदेहि हुनुपर्ने, जनताको हक अधिकार र उपभोक्तालाई बञ्चित गराएमा जस्तो सुकै कदम चालिने कुरा समयमा अवगत गराउदछौं, वडा नं एकका वडा संगठन कमिटीका अध्यक्ष खड्ग विष्ट द्धारा हस्ताक्षरीत निवेदनमा भनिएको छ ।रेडियो बुढीनन्दा।