पलाँता सरकारले जन्झिर छिचोल्दै पार गरेकोे अढाइ बर्ष : पलाँति कान्छा

हाम्रो देशमा अामुुल परिबर्तनको एजेन्डा बोकेर २०५२  सालमा अौपचारिक रुपमा भएको माहान जनयुद्धको संखकोस भए सँगै हजारौंको बलिदानि , लाखौंको योगदानि र करोडौंको सहयोग र समर्थनमा असिमित अाशा, अपेक्षा र भरोसा लाई काखि च्यापि १० बर्ष लामो युद्ध र अर्को दशक संक्रमणकाल काल पार गरि तीन तहको सरकारको संरचना खडा गरिएको छ ।

 

जस फलस्वरूप सिहंदरबारको केही अधिकार रहित पलाँता सरकार बनेको छ र त्यसको जिम्मेवारी समाल्ने अबसर मिलेको छ । यो सरकार जन्माउन ठुलो मुल्य चुकाउनु परेको कुरा अाज कोहि कसैले असुइकार गर्ने ठाउँ नै छैन किनकि घाउँ अालै छ सुकेको छैन तुफानि केन्द्रको रगत , बदलिएको छैन दिदी बैनिको सरिरको एक सरो लुगा , गुड्ने कुर्सि र बैसाखि सँग मोहनि लगाई रहेका छन सपना र बिपना मा अल्झिएका त्यी माहन योद्धाहरुले , नयनहरु थाकेका छैनन् मुक्ति वा मृत्युु रोजेर झोलाभरि सपना बोकि हिडेका साहासि सन्तान जन्माउने जन्म दाताहरुका ,नाना पाना मिठो खाना को अपेक्षा गरिरहेका छन कोपिलाहरुले , दलित,महिला,पिछडा बर्ग ,क्षेत्र र समुदायले समानताको गुन्जनमा मजा लिरहेका छन ,उद्दम रोजगारको बाटो कुरिरहेका छन नब जवानहरु , भोक र रोगबाट सम्बन्ध बिच्छेदलाई पुर्णता दिन चाहान्छन न्यालयको बिस्वास गर्ने निमुखा गाउँले मेरा अभिभाबक र नयाँ फल चाक्न चाहाने गड्डा खन्दाको पन्च्यायत बिरुवा, रोप्दाको बौदल ,हुर्कदाको जनयुद्ध र फुल्दाको संक्रमणकाल पार गरि जिनिएको पुस्ताले लालसो देखाई रहेको छ । यी उधारण मात्र हुन असिमित बिषयबस्तु सँग अङ्गालो मार्दै समाजबाद हुद‌ै सम्यबाद गन्तव्य तय गरेर यो ब्यबस्था अाएको छ ।

 

अाज सम्पूर्ण सचेत नागरिकले यस ब्यबस्थाको सदुपयोग सँगै संस्थागत का लागि धैर्यताको बाँध नटुटाई अझै थुप्रै कुराको कुर्वानि गरिरहनु अाजको अाबस्यकता हो यहि कुरामा हामी लागि रहेका कसैले देख्न त कसैले छेक्क चाहान्छ । देख्न चाहानाका लागि अर्जुन र छेक्न चाहानेका लागि दुर्जन बन्नु समयको माग हो । यस्तै कुरा हरुलाई मनन् गर्दै पलाँता सरकारको नेतृत्व समाल्दै अढाई बर्ष पार भएको छ । यो समय पार गर्दा कहिले सम्मान त कहिले अपमान को भुमरि पार गरेर समय पार गरिरहेको छु तर कसैमाथि न गुनासो छ न त रिस र डाहा मात्र रुपान्तरण को कोषेलि र उस्को भार नै उपहार सुम्पिने कोसिस गरिरहेको छु यसै सिल सिलामा गरेका काम र भोगेको सौभाग्यको फल यिनै हुन ।

१- पाँच पटक गाउँ सभा
२- ५१ वटा कार्यपालिकाका बैठक
३- ४ पटक सार्वजनिक सनुवाई
४-२ पटक प्रत्येक वडामा सार्वजनिक सुनुवाइ
५- मैनामा अनिवार्य जनता भेटघाट

६- दोस्रो गाउँ शभाबाट प्रत्यक वडामा स्वास्थ्य संस्था स्थापना ,15 सैया अस्पतालको अौपचारिक प्रकृया सुरु गरि सेवा संचालनका लागि 80 लाख गा पा र 40 लाख प्रदेशको रकम बाट ट्रस भबन निर्माणाधिन यसै बर्ष चिकित्सक सेवा सरु गरिने, स्वमंसेबिकालाई मासिक 6 हजार प्रारिश्रमिक सहित समुदायमा परिचालन,टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम संचालन , सुनौलो हजारदिनकि अामालाई घरभेट कार्यक्रम संचालन , चिकित्सक द्धारा प्रत्यक रोगको बर्षमा अनिवार्य स्वास्थ्य सिबिर संचालन , चार वटा बर्थिङ सेन्टर संचालन र 71 जनालाई स्वास्थ्य क्षेत्रमा रोजगारि,

७- दोर्सो शभा गाउँ पालिकामा निजि शिक्षा बन्द ,कक्षा शिक्षणका लागि 62 दरबन्दी सिर्जना, मा बिमा चौकिदार ,खेल शिक्षक , कम्प्युटर शिक्षक, पुस्तकालय सहजकर्ता अनिवार्य को नीति सँगै ब्यबस्थापन , दुईवटा माबिमा कृषि बिषय अध्यायन र ल्यापको सुरुवात सँगै जेटिएको दर्बन्दि कायम, 12 कक्षा सम्म निसुल्क शिक्षा , 13 वटा बिद्यालय मा अङ्ग्रेजी पढ्न चाहानेका लागि अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु,कम्प्युटर ल्याप , बिज्ञान प्रयोगसाला , पुस्तकालय अनिवार्य खेलमैदान र बालशिक्षामा पाठ्य सामाग्री को पुर्ण ब्यबस्थापन मा ध्यान केन्दित गरेका छौ , मा बि मा 20 , नि मा बि मा 12 र अा बि मा 8 कोठे पक्कि भबनको चार बर्षभित्र ब्यबस्थापन गर्ने नीति पास सैगै पुलाहामा 8 कोठे भबन र पक्कि सौचालय , खाडामा पहिलेको भबन म्रमत सँगै दई कोठे पक्कि भबन , राडुनेटामा थप 3 कोठे पक्कि भबन निर्माणाधिन , अोखल्ढुङ्गामा 8 कोठे पक्कि भबन , छलाहामा 6 कोठे पक्कि भबन , खिनमा पहिलेको भबन स्तर उन्नति साथै गुणस्तरीय सौचालय निर्माण, जाँफेमा भबनको स्तर उन्नति ,उखाडिमा 10 कोठे पक्कि भबन र स्तरिय सौचालय निर्माण प्रकृयामा,दैनिकरमा पहिलेको भबन स्तरउन्नति साथै नयाँ अाठ कोठे पक्कि भबन निर्माणाधिन , बेर्सनकोटमा स्तरिय शौचालयको निर्माण ,थिर्पुमा भैरब अा बिमा दुई कोठे भबन निर्माण र मा बि मा पहिलेको भबन स्तरउन्नति सगै छ कोठे पक्कि भबन र स्तरिय शौचालय निर्माणाधिन साथै 75 लाखमा अाबासिय भबन निर्माणको प्रकृयामा रहेको छ र टोल टोलमा गृह कक्षा संचालन, प्रौढ शिक्षा, महिला शसक्तिकरण रसाक्षरता परियोजना संचालन , किशोरी शसक्तिकरण कार्यक्रम संचालन गरिएको छ बिद्यालय निरन्तर अनुगमन र नैसियत र पुरस्कृतको ब्यबस्था , बिपन्न र पहुज बाहिरका बिद्यार्थी का लागि अाबासिय बिद्यालय को थालनि गरेका छौ र यस्मा महिलामा 29 , किसोरिमा 10 , पौढमा 13 , खेल शिक्षक 7 चौकिदार 7, पुस्तकालय साहायक 7 कम्प्युटर शिक्षक 7 र अङ्ग्रेजी माध्यमा थप दर्बन्दि 13 जना र अन्य मा बि अा बि मा 63जना को दर्बन्दि गरि जम्मा 156 जना लाई शैशिक रुपान्तरण को अभियानमा रोजगारि सिर्जना गरेको छु ।

८- गाउँ पालिकाको एक ठाउँबाट अरणको ठाउँ पुग्नका लागि 72 कि लो मिटर सडक निर्माण गर्नु पर्ने मा हाल 42 किलो मिटर सडक खनेका छौ , सार्वजनिक यातायात संचालनका लागि चौथो शभाले नितिगत गरेको निर्णय पाँचौ शभाले एक करोड पचास लाखमा बजेट बिनियोजन गरि ठेक्का प्रकृया सकेर चार वटा फोर बिल जिप 1 करोडमा खरिद सम्झौता गरि फागु 1 गते पलाँताका सडकमा गुड्ने पक्का भएको छ । पलाँताका 10 जना युवालाई 8 मैना अघिबाट स्वारि चालक तालिम गापाको अाठ लाख लगानिमा सिकाईरहेको छ । यश क्षत्रमा चालक 8 जना र ब्यबस्पक 2 जनागरि 10 जनाको रोजगरि सुनिचित हुने भएको छ र यस वयलकम पलाँता यातायात मा बिद्यार्थी , जेष्ठ नागरिक ,अति बिपन्न र घाईते अपांग साथै एकल मैला र पत्रकारलाई पुर्ण निसुल्क र निस्चित समयमा यात्रु गन्तव्यमा पुग्नेछन र सुलभ यात्रा गर्न पाउने गरि कार्यबिधि पास गरेका छौ बैसाखकाट एम्बुलेन्स संचालन गरिनेछ ।

९- कृषिको क्षत्रमा अनुदानको ब्यबस्था , बार्षिक 1 लाख पलफुल बिरुवा अनिवार्य बिर्क्षारोपरण, एक घर एक नर्सरि एक टोल एक सिचाई पोखरिको अभियानमा 23 वटा पोखरि र नर्सरि थालिम प्रबिधि हस्तान्तरण गरिरहेका छौ , पालिकाको चावटा ठाउँमा कृषि पाठसाला संचालन , 4 जना कृषि प्राबिधिक र 5 जना भेटनरि प्राबिधिक परिचालन गरेका छौ , भैंसी , बोका , गाई ,रागा कृषकलाई 50% लगानि सुनिस्चित गर्ने गरि अनुदान गरेका छौ ।15 बटा पक्कि नहर निर्माण साथै तल्सेरि धौलागोह,किच खिन, पारौटि,बेरसनकोट नाईबाडा र सिर्स देहडु थोपा सिचाई अायोजना निर्माणाधीन अन्तिम चरणमा छ । राडुनेटा र उखाडिमा कृषि ल्याप सँगै 9 कशक्षाबाट कृषि बिसय अध्यापन सुरु गरिएको छ र दुई जना कृषि शिक्षक को ब्यबस्था सँगै दुईजना ल्यापका लागि जे टि एको ब्यबस्थापन गरिएको छ । प्रत्येक वडामा संकलन केन्द्र स्थापना,दूध डेरि,चिस्यान केन्द्र र रस्टिक स्टोर को अध्यास सुरु गरेका छौ प्रत्यक वडामा सुफत मुल्य संचालनका लागि प्रति वडा 2 लाख 50 हजार बिना ब्याजे रिण लगानि गरेका छौ ।

१०- गाउँ पालिका भित्र रहेका बन हरुको संरक्षणका लागि बन माहासंघ स्थापना साथै कार्यालय ब्यबस्थापन र कार्यालय मा कार्यालय सहायक र सहयोगी ब्यबस्थापन गरेका छौ भने कबुलियत र सामुदायिक 42 वटा बनमा प्रत्येक बर्ष दुईलाख बिरुवा अनिवार्य रोप्ने र संसरक्षण गरि हुर्काउने नीति पास गरे सगै 42 जना बन हेरालाक‍ो ब्यबस्थापन घेरबार र बृक्षारोपण बापत अाउने रकम बाट सुनिस्चित गरेका छौ ,एक वडा एक नर्सरिको स्थापना गर्दै गएका छौ । बनमा रिचार्ज पोखरि निर्माण मा निरन्तरता दिएका छौ ।

११- उर्जामा गाउँ पलिका भित्र 3 अायोजना संचानमा र 2 निर्माणाधीन अबस्थामा रहेको छन जस्मा 250 किलोवाट बिद्धुत उत्पादन रहेको छ जस्मा हाम्रो पालिकामा 200 ले अहिलेको अबस्थामा प्रयाप्त हुने र 50 किलो वाट बाहिर दिन सक्के देखिएको छ । अहिले 5 बडाको 13 सय घरदुरिमा बत्ति बलिसकेको स्तर उन्नति हुँदै छ भने बाँकि 16 सय घरमा लाईन बिस्तार भैरहेको र बैसाख 1 गते सम्म लोडसेडिङ नहुने गरि बत्ति पु्नेमा ढुक्कता साथ काम गरिरहेका छौ । यश क्षत्रमा 9 जना अप्रेटर , 3 जना सह अोभरसियर , 1 साखा प्रमुख र 1 सहयोगी को परिचालन गरेका छौ र यस्लाई परिचालन र ब्यबस्थापन गर्न उर्जा ब्यबस्थापन समिति को गठन गरेका छौ । जम्मा १४ जना रोजगारी सँग यहि बर्ष पलाँता अँध्यारो मुक्त भएको छ बत्ती पुगन्जेलका लागि यस अघि प्रत्यक घर 50 wt को सोलार सुलभ मुल्यमा बितरण गरिसकेका छौ । महसुल अति सुलभ निर्धारण रिएको छ बिपन्न एकल महिला र दन्डपिडत घरपरिवार र बिद्यार्थी लाई महसुल पुर्ण छुट हुने गरि कार्यबिधि पास गरेका छौ ।

१२- समान पहँज र शुद्ध खाने पानी का लागि तीन बर्ष भित्र सम्पूर्ण घरमा अनिवार्य मिटर सहितको धारा बितरण गरिसक्ने गा पाको रणनिति अनुसार ९ सय मिटर सहितको धारा जडान गरिसकृका छौ भने बैसाख सम्म १५ सय पुग्ने गरि काम तिब्र गतिमा भैरहेको छ भने असाढ मसान्तसम्म २० हजार पुग्ने छ र बाँकि अाउने बर्षको मध्ये तिर लक्ष्य पूरा हुनेछ अहिले सम्म गापा भरि मुहान बाट केही बाहेक सबै ठाउँको रिजर्भ ट्याङ्की मा पानी झारि सकेको छ । ४८ वटा रिजर्भ ट्याङि्क बनाई सकेको छ । खानेपानि माहासंघ स्थापना साथै कार्यलयमा २ वटा कर्मचारी को ब्यबस्थापन गरेको छ । भने स्वच्छता पर्बदनका लागि  १२ जना सामाजिक परिचालक परिचालन गरेका छौ एक घर एक धाराका लागि बाँकि कामलाई १० करोड ठेक्का प्रकृया पूरा गरि सकेको छ । भने फुटपातमा रहेका बस्तिलाई अाबस्यक पाईप ,सिमेन्ट ब्यबस्थापन माग र अाबस्यकतामा कुनै कमि हुन दिएको छैन ।

१३- दाम्डिगाड र तिप्गाडमा पक्कि पुल र नदिमा फेरि को काम अौपचरिक प्रकृयामा अघि बढेको छ ।
१४- सिभिल सभ ईन्जिनियर र १० जना सिभिल सभअोभरसियर परिचालन गरेका छौ ।
१५- नौ बडामा ९ जना वडा साएक र ९ जना सहयोगी परिचालन गरिएको छ ।
१६- पलाँता रोजगार कार्यक्रम संचालन गरि १५० जनाक‍ो निर्माण कार्यदल गठन गरेर काममा लगाईएको छ ।
१७- प्रत्येक स्वास्थ्य संथामा एक महिला र एक पुरुस सहयोगी परिचालन गरेर १५ जनालाई रोजगारको सृजना गरिए सगै जन सेवामा पहँज पुगेको छ ।
१८- जनयुद्धका घाइतेको उपचार साथै अनिवार्य रोजगारी को ब्यबस्थापन को नीति बनाई कार्यनयन मा ल्याएका छौ ।
१९- रेडियो पलाँता एफ एम संचालन साथै स्टेसन म्यानेजर १, कार्यक्रम संयोजक १ , समचार प्रमुख १ कार्यक्रम प्रस्तोता २ चौकिदार १ सहयोगी १ ,र सम्वात दाता ९ जना गरि जम्मा १६ जनलाई रोजगारी सँगै पलाँतालाई संचारको पहँजमा पुर्याएका छौ , पलाँता खबर अनलाइन संचालन गरेका छौ ।
२०- समयमा सर्बसम्मतमा लोडेमा पालिकाको केन्द्र टुङ्गो मा अब भबन निर्माण प्रकृयामा
२१- सैनमा सहित स्मृति रङ्गशाला निर्माण कार्य सुरु सङ्गशाला 220 लम्बाई र 150 चौडाको बन्दै
२२- राडुनेटामा माहान जनयुद्धका बेला खनेका बङ्कर संरक्षणका लागि संरक्षण स्थल निर्माण
२३- संस्कृति र परम्परा जोगाउन धार्मिक स्थलको मर्मत तथा पुन निर्माण
२४- रारा जोट्ने खिन भतेडा हुँदै रारा जोड्ने सडकको काम अौपचारिक रुपमा प्रकृया सुरु
२५- वडा न ४ मा अाबेर्दिक अौषधालय स्थापना र ३ जना कर्मचारि ब्यबस्थापन
२६- थिर्पुमा बजार ब्यबस्थापन
२७- मधिरा नियन्त्रण साथै निषेध को अभियान
२८- साबिक का गा बि समा ३ वटा प्राबिधिक सेवा कार्यालय स्थापना
२९- पलाँताका सम्पूर्ण दलित परिवारलाई सुधारिएको चुलो निसुल्क बितरण
३०- प्रत्यक वडामा कुटानि पिसानि मिल बितरण
३१- धौलागोह मा खिन थिर्पुका केही वडमा धारामा हुने गाग्री सम्मेलनको अन्त्य
३२- ऐतिहासिक महत्वको अङ्गाउ मन्दिर निर्माणाधीन
३३ – खाडामा अागलागि भएको बस्तिक‍ पुन निर्माण
३४- तल्सेमा पेल्ट्रि हाईड्रो संचालन
३५- ३ वटा वडा कार्यालय भबन निर्माण सम्पन्न
३६- पुर्ब जनमुक्ति सेनालाई ब्यबसाय संचालनमा अनुदान
३७- जनचेतना मुलक सामाजिक र स्वास्थ्य सम्बन्धि गित रेकर्डिङ जस्ता गणनामा अाउने काम हुन भने अन्य साना साना काममा पनि अाबस्यकता अनसार समय दिएकै छौ ।
३८- थुप्रै नीति र कार्यबिधि पास गरेका छौ जस्मा
*सहकारी रिण अनुदान संचालन कार्यबिधि २०७४
*पलाँता रोजगार कार्यबिधि २०७४
*शिक्षा निमावलि २०७४
*शिक्षण अनुदान कार्यबिधि २०७४
*उपभोक्ता गठन तथा संचालन कार्यबिधि २०७४
*सुफत मुल्य पसल संचालन कार्यबिधि २०७४ 
*बन संरक्षण कार्यबिधि २०७५ 
* अाबासिय बिद्यालय संचालन कार्यबिधि २०७६
* बाल संरक्षण कार्यबिधि २०७६ 
* गाउँ प्रहरी संचालन कार्यबिधि २०७६ 
*वयलकम पलाँता यातायात संचालन कार्यबिधि २०७६ 
अहिले सम्म यी काम हरुमा खटिदै गर्दा नेपालभरका रेडियो , टेलिभिजन,अनलाईन ,पत्रपत्रिका ले अाफ्नो क्षामता ले भ्याए सम्म सहयोग गरेर गल्ती भएको ठाउँमा सच्याउने र सहि भएको अन्य क्षेत्रमा परचार गरि महत्त्वपूर्ण सहयोग भएको अनुभुती दिलाएका छन भने अनमोल फाउन्डेसन ,कर्णाली साहित्य समाज , तिलाकर्णाली बहुमुखि क्याम्पस , अखिल क्रान्तिकारी केन्द्रीय संगठन ले सम्मान गरि बिकाश निर्माणमा थप हौषला प्रधान गरेको छ । साथै परिबर्तन का बाहाक युवा, बिद्यार्थी र गाउँका सुभचिन्तकले दिने सल्लाहा गर्ने अाशा भरोसा र ब्यक्त गर्ने दुख पिडाले जिम्मेवारी को अनुभुती सँगै सधै यश क्षेत्रतिर लागिरहु र मेरो संसार यो भन्दा अरु छैन भन्ने कुरामा कुनै बेलापनि डकमकाउन दिदैन झनै थप बाँकि रहेका सहिदका अधुरा सपना , सहिद परिवार र घाईते अपांग वीर योद्धा का ईच्छा ,चाहाना र माग अनि टुहुरा बच्चाका भबिस्यले पलपलमा झट्का दिरहने गर्दछ र अाफ्नो भन्दा अाफ्नाकाको बढि ख्याल राख्ने जोस अाईरहन्छ । तर बिडम्बना अाज जस्ले बिरुवा रोप्यो उसैले फल फल्न नदि काट्ने प्रयास गरिरहेको भान भएको छ । फुल फुल्ने बेला असिना पानी अनि अाधि बेहेरि सिर्जना भएको अनुभूति भएको छ ।

# मैले सामाना गर्नु परेका चुनौति

* भौगोलिक रुपमा बिकटता भित्रको बिकटमा २०७४ लड्न शून्य बाट भौतिक संरचना निर्माणको थालनि निर्माण कार्य सुरु गर्दा जग्गा जमिन घर टहरा भत्काउनु पर्ने र त्यसबाट उत्पन्न समस्या प्रमुखको हिसाबले एक्लै जिम्मेवारी लिनु पर्ने र बिना उपस्थिति संम्रचना निर्माण गर्न नदिने हुदा कहिले डोजरको खलासि त कहिले निर्माण अायोजनाको चौकिदार बनेर संम्रचना निरमाण मा समय दिदा अन्य बाहिरका गोष्ठी बैठक र काममा अबरोध देखा पर्यो ।

* बिकृति बिसंगतिले जगडिएको समाजलाई सभ्य समाजतिर लैजान जाड रक्सि जुवा तास ,भ्रष्टाचार अनियमिता , निसेधको अभियान सुरु गर्दा केही समय सम्म अाफै खटिएर सुधारउन्मुख देखिएको बेला म भन्दा माथि रहने स्थानिय पार्टी नेतृत्व र जनप्रतिनिधि को गैह्र जिम्मेवारी कृयाकलाप र यश क्षत्रको मोहका साथै कालिकोट उद्योग बाँणिज्य संगठनले उच्च अदालतमा दिएको जाहेरिले जाँड रक्सि खान र बेच्न पाउने अादेश पछि सबै कुरा खुल्ला भएको छ अाज यसै फलस्वरुप मदिरा का कारण चार जनाले ज्यान गुमाएका छन दर्जन बढि सार्वजनिक केशमा जिप्रका सजाए भोगेर गएका छन त कोहि भोक्दैछन भने इप्रकामा दैनिक दर्जनौ केश सामान्य जरिवाना र छलफल गरि टुङ्याउने काम गरिएका छन ।

* काममा तिब्रता र अन्य क्षेत्र तिर ध्यान नपुग्दा अालोचनाको पात्र बन्नु परेको छ सोझा जनता र कार्यकर्ता को बहसंख्याक सयोगमा डाहा गर्नेले दुख दिने नियतले कहिले अार्थिक त कहिले सामाजिक अारोप लगाउदै अबरोधको सामना गर्न बाध्य बनाएका छन । सफत लिएको एक मैना भित्र दसई करोडको अथिक घोटालाको अारोप लगाउदै दुई तिहाई पुर्याएर सत्ता भित्रबाट पत्रकाल सम्मेलन , पार्टी कार्यालय घेराउ ,प्रसासन कारयालय घेराउ र मुद्दा दाएर गरिय‍ो र केही समय पलाँताको बिकास निर्माणमा स्थिरता ल्याईयो माथिल्लो सम्पूर्ण निकायसँग मेरो सत्यताको पक्षमा फैसला सँगै दुईतिहाले जनताको भेलामा हामिले गल्ती गर्यौ भनेर दुईतिहाई पक्षले जनताबाट माफि पछि हाम्रो यात्रामा गति पैदा भएको थियो । बिडम्बना उसैको बदला लिन फेरि उहीँ प्रकृतिको अान्द‍लन फेरि सुरु भएको छ र यस्ले कुनै र कसैको भलाई हुनेछैन बरु जनसेवामा अबरोध अाउने मात्र देखिन्छ तर जिम्मेवारी को हिसाबले सामाना गरेर अघि बढ्न म हरदम हरपल गतिमा मन्दता अाउन नदिने प्रयत्न गरिरहनेछु । म सँग जोडिएको रगत पसिना र अाँसुले कसैका ब्याक्तिग सपना पूरा नहुने कुरामा हामी दुईमत छैनौ सत्यताको बिजय को पनि अन्योलता छैन । हामीलाई थाहा छ सबै कुरा बोकेर अाएको यो ब्यबस्था संस्थागत गर्न सामान्यत छैन तर यो ब्यबस्था ल्याउदा गरेको कुरबानि,बलिदानि,योगदानि जत्तिकै छैन किनकि यो ब्यबस्था ल्याउन १७ हजारले रगत बगाउदा , दिदिबहिनी को सिन्दुर पुछिदा , अामाका कोख रित्तिदा , बाक टुहुरा हुदाको जस्तो चुनौति छैन त्यो पीडा जोडिएको ले अहिले अाउने चुनौति पाउहुना हुन सम्मान पछि फर्किन्छन अहिले अथिति सम्मानमा ध्यान केन्द्रीकृत गरेको छु । यसरिनै बितेको अढाई बर्ष अब माथि उल्यखित सबै बिषयबस्तु संकलन ,प्रसोधन र प्रयोजनमा ल्याउनमा नचुक्ने अागामि रणनिति रहेको छ । सबैले सकरात्क सोचका साथ सहयोग र समर्थन मा जुट्ने बेला हो अालोचना र बिरोध गरे समृद्धि सम्भब हुन सक्दैन यो कृयाकलाप देखाउनु अपरिपक्कता नै हुन्छ समय छोटो छ सम्झाउने ,बुझाउने ,छलफल गर्ने , विश्लेषण गर्ने ब्याकणति पेक्ष्य सम्भब छैन र त्यो अहिले अपेक्षा राखे हाम्रो सम्बर्द्धिको यात्रा अपुरो हुने हुन्छ हामिले सबै एकैठाउबाट सुरु गरेर जाने बेला हो जहाँ काम त्यहि दाम जहाँ समस्या त्यहि सामाधान अनि मात्र हुनेछ अामुल परिबर्तन बोकेर अाएको यो ब्यबस्थाको संसागत र सामाजबाद हुँदै साम्यवाद को यात्रा तय भएर अनि मात्र अपुरा रहेका सबैका सपना पूरा हुनेछन ।