बाजुराकाे बुढिनन्दा नगरपालिकाले जनताको स्वास्थ्य माथि खेलवाड गर्दै

 बाजुरा,माघ १९। बाजुराको बुढिनन्दा नगरपालिका स्थानिय जनताको स्वास्थ्य माथि खेलवाड गरिरहेको पाईएको छ । स्थानिय सरकारले दिने सेवा स्वास्थ्य सुबिधामा बेवास्ता गरेकोे छ स्वास्थ्यमा राजनितिक गरेर जनताको स्वास्थ्य माथि खेलवाड गरेको स्थानियले वताएका छन् ।

 

स्वास्थ्य माथि खेलवाड गरेका उदाहरण कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्न नसक्नु, चिकित्सकको ब्यबस्थापन गर्न नसक्नु कर्मचारी समायोजनमा आफु अनुकुलका कर्मचारी राख्न खाेज्नु लगायतका कारणले जनताको स्वास्थ्य माथि खेलवाड गरेको पाईएकाे छ ।

 

कोल्टि प्रथामिक स्वास्थ्य केन्द्रमा चार महिना सम्म चिकित्सक ब्यबस्थापन गर्न सकेको छैन्, पहल गर्न पनि वेवास्ता गरेको देखिन्छ । आकस्मिक प्रसुति सेवा स्थापनाका लागि गएको बर्ष रकम फिर्ता पठाएको थियो भने याे बर्ष पनि बुढिन्नदा नगरपालिकाले कुनै पहल गरेको देखिदैन।

 

आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि स्वास्थ्य महासाखाले यो बर्ष पनि ४० लाख बिनियोजन गरिदिए पनि सञ्चालनका लागि कुनै पहल नगरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्य कर्मिले  जनाएको छन् ।

 

गएको आर्थिक बर्ष ०७५/०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सञ्चालन गरिसक्नुपर्ने भए पनि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले जानकारी दिएको छ।

 

 

आकस्मिक प्रसुति सेवा स्थापना नर्ने भनि गएको आर्थिक बर्षमा नै १० लाख बराबरको सामान खरिद गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान अलपत्र अबस्था रहेको छ ।

उक्क्त सामान कोल्टिमा पठाउनका लागि पनि अहिले सम्म कुनै पहल नभएको देखिएको छैन। अहिले स्वास्थ्यमा कर्मचारी राख्नकाे लागि आएको ४० लाख रूपैयाँ नगरपालिकामा आएको छ।साउन महिना बाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिले सम्म सञ्चालनमा आउन नसकेको बुढिन्नदा नगरपालिकाका स्राेेतले जानकारी दिएको छ। 

 

 

गएको आथिर्क बर्षमा नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो ।

एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन्। 

 

आबश्यक पर्ने सामान सबै खरिद गरिसकेको चाडै नै कोल्टि पठाएर समान जडान गरिसक्ने स्वास्थ्य कार्यलय बाजुरा स्रोतले जानकारी दिएको छ। कर्मचारी ब्यबस्थापन नगरपालिकाले नै गर्नुपर्ने स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

 

 

बाजुराका पुर्वोउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, मुगुका २ वटा र हुम्लाका २ वटा स्थानिय तहलाई लक्षित गरि सरकारले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य राखेकाे थियो । सेवा सञ्चालन नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ति भोग्नु परेको स्थानियले वताएका छन् । सदरमुकाम मार्तडीमा सेवा लिन जानु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

 

 

गएको बर्ष कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरतलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो ।

 

करारमा रहेका स्वास्थ्यकर्मी ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका करारमा रहेका स्वास्थ्यकर्मी बिच तलबमा कुरा नमिल्दा गएको बर्ष सञ्चालनमा ल्याउन नसकेको नगरपालिकका एक कर्मचारीले जानकारी दिएका छन् ।

 

 

परिवार स्वास्थ्य महासाखाले भनेकाे छ गएको बर्ष बुढिन्नदा नगरपालिकाको कमजोरीले गर्दा सञ्चालनमा अाउन नसकेको हाे। अहिले पनि पहल त भइरहेको छ। अझै पनि बुढीन्नदा नगरपालिका जिम्मेवार भएको देखिदैन ।