बाजुराको दुईवटा स्थानीय तहमा देखिएको भाइरल नियन्त्रणमा डाक्टरको टोली जिल्ला फर्कियाे

बाजुरा,माघ २८।बाजुरा जिल्लाका दुईवटा स्थानीय तह  हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा देखीएको भाइरल रोग नियन्त्रणमा आएको छ ।

 

  गाउँपालिकामा फैलिएको भाइरल रोगका १ हजार जना भन्दा बढी बिरामीको उपचार भएको जिल्ला प्रसासन कार्यालय बाजुरा स्रोतले जनाएको छ ।

 

भाइरल रोगका कारण स्वामीकार्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु पनि भएको थियो ।भाइरल ज्वरोले मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–१साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडारा र सोही टोलका ७० वर्षीय दलबहादुर रावलको मृत्यु भएको थियो।

 

त्यस पछि डाक्टरकाे टाेलि भाइरल नियन्त्रण गर्न गाउँमा गइसकेपछी एक हप्ता लामो समय डाक्टरको टोली घर घरमा गएर उपचार पश्चात भाइरल नियन्त्रणमा आएको जिल्ला प्रशासन स्रोतले जानकारी दिएको छ। 

 

जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार स्थानीय तहमा भएका र जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरि सदरमुकाम फर्किसकेको जनाएको छ ।

 

 

हिमाली गाउँपालिकामा रहेका बिरामीहरु मध्य दुई जनाको नमुना संकलन गरेको पनि स्वास्थ्यकर्मीकाे टाेलिले जानकारी दिएको छ ।