बाजुराको हिमाली गाउँपालिकामा फैलिएको “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि

बाजुरा,फागुन १।बाजुराको हिमाली गाँउपालिकामा फैलिएको रुघाखोकी “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाएको थियो । ल्याब नमुना परिक्षण बाट इन्फुल्जा ए भाइरस पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाजुरा स्रोतले वताएकाे छ ।

 

 

चार जना मध्ये २ जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकजनालाई इन्फुल्जा बि भाइरस पुष्टि भएको एकजनाको भने पोजेटिभ देखाएको उनले वताए । प्रदेश सरकार बाट प्रभाबित क्षेत्रमा ल्याब टेक्नीसियम पठाएर ल्याब नमुना परिक्षणका लागि काठमाडौ पठाएको थियो ।

 

 

यो भाइरसले बिरामीको मृत्यु नभएपनि महामारीकाे रूपलिन सक्ने अबस्था थियोे,भाइरले मानिसको शरिरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यो भाइरसले सन २००९ मा बिश्वमा नै महामारीको रुप लगेको थियो ।

 

 

हिमाली गाँउपालिकामा रुघाखोकी फैलिएको जानकारी आएपछि स्थानिय सरकार, प्रदेश सरकार बाट स्वास्थ्यकर्मीको टोली पठाएको थियो । स्वास्थ्यकर्मीले एक हप्तामा ११ सय ७० जनाको उपचार गरेको थियो । अहिले पुर्ण रुपमा भाइरल रुघाखोकी नियन्त्रणमा आईसकेको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ।

 

 

प्रभाबित क्षेत्रमा डाक्टरको टोली पठाएर उपचार गरेको थियो । गाउँपालिकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिने भएपछि गाउँपालिका भित्रका गाउँ गाउँमा पुगेर डक्टर सहितको टाेलिले उपचार गरिहेको हिमाली गाँउपालिकाले जानकारी दिएको छ।

 

 

बिगतमा पनि यो क्षेत्रमा मौसमी रुघाखोकी फैलिदै आएको थियो । अब राेगकाे पहिचान भएको छ।

 

त्यहि अनुसारको तयारी गर्न सहज भएको जिल्ला अस्पताल बाजुरा स्रोतले जानकारी दिएको छ। त्यस क्षेत्रमा बस्ने जनतालाई त्यहि अनुसारको स्वास्थ्य सम्बन्धि जनचेतना मुलुक सन्देश प्रवाह गर्ने पुर्व तयारी गर्नुु पर्छ।