राष्ट्र जोगाउन सबै पार्टीहरु एकै ठाउँमा उभिनु पर्छ

विष्णु  आले (विकिरण)

ललितपुर,फागुन ३।नेकपा क्रान्तिकारी माओवादी(वैद्य)का जिल्ला सेक्रेटरी श्याम केसीले राष्ट्र जोगाउन सबै पार्टीहरु एकै ठाउँमा उभिनु पर्ने  बताएका छन्।शनिबार ललितपुरको लगनखेलमा एक कार्यक्रममा बोल्दै केसीले देशमा सिमा तथा वैदेशिक लगानी विवादले राष्ट्र संकटमा पर्दै गएको बताएका छन्।

 

कार्यक्रममा समाजवादी पार्टीका असिम लिम्बू,नेपाल कम्युनिष्ट पार्टीका महेन्द्र लिम्बू,नेकपा माओवादी केन्द्रका सचिव राजन तिमल्सिना,नेकपा मालेका मोहन राज शाक्य र राष्ट्रिय जनमोर्चाका घनश्याम न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए।

 

ती मसिना दलीय प्रतिनिधिहरुले देशमा महंगी,भ्रष्ट्रचार बढ्दै गएको,पढेलेखेका युवाहरुलाई रोजगार नदिएको,सिमा विवाद र वैदेशिक राजनीतिक हस्तक्षेप बढ्दै गएकोले सडक संघर्ष गर्नुपरेको भनेका छन्।सरकार विरोधी व्यानर सहित थालिएको ९ गठबन्धन दलले संयुक्त सडक संघर्ष बढाउँदै जाने बताएका छन्।