सुदुरपश्चिमकी चेली राजपुरा मदन भण्डारी रोडरेसमा दोस्रोपटक पनी प्रथम

काठमाडौ ,फागुन २४। काठमाडौको ठमेलस्थित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको रोडरेसमा सुदुरपश्चिम बाजुराकी राजपुरा दोस्रोपटक पनि मदन भण्डारी रोडरेसमा च्याम्पियन बनेकी हुन ।

 

 नेपाल प्रहरीमा कार्यरत सुदुरपश्चिम बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ की राजपुराले मदन भण्डारी मेमोरीयल रोडरेसमा दोस्रोपटक पनी प्रथम स्थान हाँसील गरेको आयोजकले जनाएको छ । रोडरसमा राजपुरा पछाई महताराले ५ किलोमिटर रोडरेसमा प्रथम भएकी आयोजकले  पुष्टि गरेकाे हाे।

 

  मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको रोडरेसमा राजपुरा प्रथम बनेकी छन् । उनले सो खेलमा प्रथम हुनुका साथै २५ हजार नगद सहित पुरस्कार समेत जितेकी छन् । राजपुरा नेपाल पुलिस क्लवकी खेलाडी हुन राजपुराले यस अघि देश तथा बिदेशका विभिन्न म्याराथुनमा भाग लिइसकेकी छन् ।

 

पहिलो संस्करणमा सन्तोषी श्रेष्ठ र दोस्रो संस्करणमा सकुन्तला ठगुन्नालाई हराउदै दुबै संस्करणमा महिला तर्फ राजपुरा पछाई महतारा प्रथम भएकी छन्।त्यसै गरि केटा तर्फ अजित कुमार यादव प्रथम र प्रकास ऐर दोस्रो र तेस्रोमा संतोष नाथ भएका छन् ।