युवतीहरु रोमान्स गर्न हैन: किन जान्छन त डेट यस्ताे छ खास कारण

एजेन्सी । प्राय पुरुषहरु सोच्ने गर्छन्, कुनै युवति डेटिङमा जाने बित्तिकै प्रेममा परिहाल्छे । तर, होइन कतिपय युवतिहरु रेष्टुरेन्टका विभिन्न परिकार खानका लागि पनि डेटिङमा जाने गरेका छन् । एक पटक हैन । मिठो खानकै लागि एकै पुरुषसंग ६ पटकसम्म डेटिङ गएका पनि भेटिएका छन् ।

 

अनुजा प्यासिफिक युनिभर्सीटी र युनिभर्सिटी अफ क्यालीफोर्नियाले गरेको अध्ययन अनुसार चार जनामा एक महिला स्वादिलो खाना खानकै लागि डेटिङमा जाने गरेका छन् ।

 

अनलाइनवाट गरिएको अध्ययनमा ३३ प्रतिशत महिलाले स्वादिष्ट परिकारकै लागि डेटिङ गएको स्वीकारेका थिए । ३४ वर्ष उमेर समुहका ३५७ महिलामा यो सर्भे गरिएको थियो । सहभागी महिलाहरुले ६ पटकसम्म डेटिङ गएको जानकारी दिए ।