ललितपुर जिल्लामा एसईई परीक्षामा ९,८३५ जना परीक्षार्थी सहभागी हुदैंछन्

   विष्णु विकिरण

 ललितपुर,चैत्र १।ललितपुर जिल्लाबाट २०७६ को एसईई परीक्षामा ९,८३५ जना परीक्षार्थी सहभागी हुदैंछन्।जिल्लामा रहेका सरकारी र निजी तथा अन्य विद्यालयहरु गरी जम्मा २९५ विद्यालयका विद्यार्थीहरुले ३४ वटा परीक्षा केन्द्रबाट परीक्षा दिंदैछन्।जिल्लामा एसईई दिने १ जना मात्र परीक्षार्थी सरस्वती विद्यास्रम मा. वि .का रहेका छन् भने ५१२ जना परीक्षार्थी एल ए स्कुलबाट सहभागी हुँदैछन्।संख्यात्मक हिसाबले हेर्दा न्युलाईफ इङ्लिस् स्कुलबाट २,चिल्ड्रेन प्याराडाइज मा.वि पुल्चोकबाट २ जना परीक्षार्थी मात्र सहभागी रहेका छन्।

 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ललितपुरका योगेन्द्र बरालका अनुसार गत साल तेत्तीस परीक्षा केन्द्र थियो यसपाली जेम्स क र ख गर्नाले एक थपिएको छ।यसपालिका परीक्षा केन्द्रहरुमा आदर्श विद्या मन्दिर जावलाखेल, आदर्श कन्या मंगलबजार ,महांकाल मा.वि गोटिखेल,महेन्द्र आदेश मा.वि इमाडोल,महेन्द्र भृकुटी एकान्तकुना,बज्रबाराही मा.वि चापागाउँ,बालबिनोद मा.वि नटोल,बालकुमारी मा.वि सुनाकोठी,महेन्द्र आदर्श विद्याश्रम मा.वि, नाइटिङ्गेल स्कुल कुपन्डोल,प्रभात मा.वि त्यागल,वाणीबिलास मा.वि चापागाउँ,त्रिपद्य मा.वि, वुद्ध मा. वि बाँडेगाउँ रहेका छन्।

 

त्यसैगरी,वाघ भैरव मा.वि चौघरे,काली देवी मा.वि प्युटार,रुद्रायणी मा.वि खोकना,सरस्वती मा.वि ठेचो,गम्भीर समुन्द्र सेतु मा.वि,जेम्स स्कुल क,जेम्स स्कुल ख,श्रमिकशान्ति, श्री शान्ति विद्याश्रम मा.वि,टिका विद्याश्रम मा.वि,हरिसिद्धि मा.वि,आइडियल मोडल स्कुल,किटिनी मा.वि, श्री कृष्ण मा.वि, श्री पद्य विद्याश्रम मा.वि र यसोधरा मा.वि रहेका छन्।अघिल्लो वर्ष ७५ सामुदायिक र २१३ संस्थागत विद्यालयका ३३ परीक्षा केन्द्रका ९,९३४ परीक्षार्थीले परीक्षा दिएका थिए।देशभरबाट ४ लाख पचहत्तर हजार ३ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए।