कोरोना (कोभिड–१९)ले बिश्वो जस्तै नेपाललाइ पनि त्यतिकै चुनौती ?लकडाउन भनेको के हो ?

अमृत बहादुर शाही

विश्वमा फइलिएकाे कोरोना (कोभिड–१९)काे  महामारीले अब नेपाललाइ पनि अछुताे राखेकाे छैन् ,हिजाे मात्र एक जना महिलामा देखिएकाे संक्रमणले सबै नेपालीलाइ त्रसित बनाएकाे छ। कोरोना (कोभिड–१९) बिश्वो जस्तै नेपाललाइ पनि त्यतिकै चुनौती दिएकाे छ । सरकारले आजबाट गरेकाे लकडाउन के हाे भन्ने सर्वसाधारणलाइ अझै सम्म थाहा छैन् ? लकडाउन भनेको हामि जहाँ छौ तेही बस्ने हो,एक ठाउँ बाट अर्को ठाउँ नजाने आफु जति सकिन्छ सुरक्षित बस्नु हो ।

 

 

लकडाउन न इटालीको नागरिकले बुझे,न स्पेन कै नागरिकले बुझे,न अमेरिकाले न भारत कै नागरिकले बुझ्दैछन तेसैले नेपाल सरकारद्वारा लकडाउनको निर्णयलाइ अत्यन्तै साबधानी अपनाउ र जिम्बेवार बनौ सबैलाई यस्बारे सक्दो जाने जाति यसको बिसयमा गाउँ देखि शहर सम्म सबैलाइ सिकाउ र सबैले असल नागरिकको भूमिका निर्बाह गरौ सबै कुरा सरकारको भरमा मात्र होइन जनता पनि सहज र सचेत हुन जरुरि छ।

 

यसो गर्दै गर्दा सरकारबाट आपतकालीन नम्बर यम्बुल्यान्स  व्यवस्था बारे जनतालाइ जानकारी गराउनु पर्छ,शंका लागे के गर्ने अनि कहाँ जाने मेडिकल टिमलाइ सबै जिल्लामा व्यवस्था मिलाउनपर्छ र स्वास्थ्य सुरक्षाका लागि खटिएका सबै कर्मचारीलाइ सबैको बिमा र आवस्यक सबै सुबिधा उपलब्ध गराउनु सरकारकाे दाहित्व हाे।

 

मान्छे–मान्छेबीचको सम्पर्क टुटाउनुपर्छ ,विद्यालय, होटेल र रंगशालालाई क्वारेन्टाइनमा परिणत गर्न सबैले याे आपतकाे अवस्थामा सरकारलाइ सयाेग गर्न जरूरी देखिन्छ हामी सबैले आफ्नाे ठाउँबाट सयाेग गराैं। सरकारका यस्ता कामले  संक्रमित व्यक्ति र स्वस्थ सबैलाई सहज बानाउँ छ। देशभर हेल्पडेक्सकाे व्यवस्था मिलाउने र अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना संक्रमित सबैलाइ चेकजाँचको गर्ने व्यवस्था मिलाउन जरूरी देखिन्छ ।

 

कुनै पनि व्यक्तिको तापक्रम नापेर ३७.२ डिग्री सेल्सियसभन्दा बढी देखिने वित्तिकै क्वारेन्टाइनमा राखिनुपर्छ ,संक्रमण फैलिन नदिन सरकारले कडा नियम लागू गर्नुपर्छ । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइका साथ लागू गरिनुपर्छ ।

 

अत्यावश्यक सामग्री घरघरमा पुर्याउन एक लाख भन्दा बढी स्वयंसेवक खट़ाउनुपर्छ कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन कुटनीतिक तरिकाले सुपर फास्ट काम गर्नुपर्छ ।’काेराेना भाइरस (कोभिड–१९) सरकारले आव्हान गरेको लगडाउनको अनुरोधलाई आत्मसात हरेक नेपालीले गरौ यो स्वागतयोग्य छ।

 

 सरकारलाइ यस्ताे अवस्थामा सयाेग गराैं तपाई हामी सबै मिलेर यस्लाई सफल पारौ काेराेना (कोभिड–१९) काे सामना गराैं आफू सेल्फ क्वावारेन्टाइनमा बसौ! सरकार सबै तिम्रो साथमा छन्। आफ्नो योग्यता देखाऊ ! सबैले असल नागरिकको भूमिका निर्बाह गरौ ! सचेत बनौ !सजग रहौ !सबै मिलेर यो महामारीको सामना गरौ! सबै जिम्मेवार बनौ ! बिश्व शान्तिको लागि कामना गरौ! जय नेपाल ।