कांग्रेस नेता गगन थापाको प्रधानमन्त्रीलाई मन छुने पत्र : यही तरिकाले संकटबाट पार पाउन्न सकिन्न’

काठमाडौँ,चैत्र १२। कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ध्यानाकर्षण पत्र लेखेर सरकारले कोरोना भाईरस(कोभिड–१९)को महासंकटसँग जुध्न गरेको तयारी पर्याप्त नभएको बताएका छन् ।

 

सरकारले अहिलेसम्म गरेका प्रयासको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले महासंकटसँग जुध्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।

‘यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण राउन यो पत्र लेखेको छु,’ थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा छ ।
 

उनले प्रमुखरुपमा संभावित संक्रमितहरुको परीक्षण संख्या बढाउनु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउनेदेखि काठमाडौं बाहिर पनि यो सेवा उपलब्ध गराउन सरकारले ढिला गर्न नहुने उनले सुझाएका छन् । उनले यसका लागि एक साताको लकडाउनको उपयोग गर्नुपर्ने पनि चिठीमा लेखेका छन् ।

थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रः