कोरोना भाईरस (काेभिड १९) भित्रिन नदिन: लकडाउनको पालना गर्न सुझाव सहितको अनुरोध

सर्पलाल गिरी

सरोकारवाला पक्षको तत्काल ध्यान पुगोस । सबै जिल्लामा यो लागू नहुन सक्छ बाजुरा जिल्लाको हकमा कोरोना भाईरस (काेभिड १९) भित्रिन नदिन स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिकदल, नागरिक समाज र आम समुदायले सरकारले तोकेको लकडाउनको पालना गरेका छन । यत्तिले पुग्दैन । अब देशविदेशबाट गाउँ भित्रियकाबाट कोरोना भाईरस भित्रिने आशंका भएकाले सम्बन्धित नागरिकलाई सम्बन्धित स्थानीय पालिकाले क्वारेन्टाइनमा राख्ने पूर्ण व्यवस्था गरोस ।

तपसिलको व्यवस्था गर्न सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ :

१. संक्रमणको शंका भएको विरामीलाई तत्काल क्वारेन्टाईनमा राख्ने व्यवस्था ।

२. औषधि, स्रोत र साधन सहित प्रत्येक पालिकाको क्वारेन्टाईन स्थलमा विशेषज्ञ स्वास्थ्यकर्मिको व्यवस्था ।

३ .देशविदेशबाट आयर सिधै गाउँघर, बस्ती गएकाहरुको पहिचान गरि चेकजाँच गर्न, घरपरिवार र समुदायलाई बचाउन सहयोगी भूमिका निर्वाह गर्न अनुरोध, सूचना जारी ।

४ . अतिआवश्यकका सवारि साधन बाहेक पूर्ण रूपमा सवारि निशेध ।

५. संक्रमितको नमूना परिक्षणको व्यवस्थाका लागि केन्द्र, र प्रदेश सरकारसंग समन्वय ।

६. संक्रमितको रिपोर्ट पोजेटिभ भएमा आईसोलेसनमा राख्न हेलिकप्टर, एम्बुलेन्स लगायतको उपयुक्त के व्यवस्था हुन्छ त्यो व्यवस्थाका लागि केन्द्र र स्थानिय सरकारसंग समन्वय गर्ने

७. बाजुरा प्रवेश गर्ने शंकास्पद व्यक्तिलाई सिमाना, क्वारेन्टाईन क्षेत्र बाहेक घर, बस्ति र समुदायको सम्पर्क बाहिर राख्ने व्यवस्था ।

८. बाजुरा प्रवेश गर्ने छिमेकि जिल्लाका व्यक्तिलाई सिधै सवारि साधनबाट आयमा सम्बन्धित जिल्ला नपुगुन्जेल कतै नरोकि सिधै जाने व्यवस्था गर्ने ।

९. लकडाउनलाई थप प्रभावकारि बनाउन स्थानिय प्रशासन, प्रहरी, राजनितिकदल, जनप्रतिनिधि, नागरिक समाज, रेडक्रस, युवा समुहलाई परिचालन गर्ने ।

१०. लक डाउनको अबज्ञा गर्ने, कालो बजारी गर्ने व्यापारी, होटले, चालक र नागरिकलाई तत्काल पक्राउ गरि जरिवाना गराउने ।

११. दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन आपूर्तिको व्यवस्था गर्ने, दैनिक उपभोग्य सामग्रीको अभाव भएमा सम्बन्धित स्थानीय निकायको हटलाईन, फोन वा मोवाईल उपलब्ध नम्बरमा सम्बन्धित व्यक्तिको फोनको आधारमा पाएक पर्ने ठाउँसम्म सशुल्क सामग्री उपलब्ध गराउने व्यवस्था गर्ने । विहानवेलुका काम गरेर छाक टार्नेका लागि खाने व्यवस्था छैन भने सम्बन्धित वडालाई जिम्मा दिने ।

१२. स्वास्थ्यकर्मि, औषधि, माक्स, सेनिटरि लगायतका आबश्यक सामग्रीको केन्द्र र प्रदेश सरकारका निकायमा तत्काल माग गर्ने । यस्तो काममा खटिने स्वास्थ्यकर्मि, प्रहरी र कर्मचारीलाई विशेष भत्ताको व्यवस्था गर्ने ।
अन्तमा जनचेतनामूलक सूचना प्रचारप्रसार, प्रशारण निरन्तर रेडियो, पत्रपत्रिका, पोष्टर, पम्पलेट र माईकिङ गरिरहने ।