भारतबाट फर्किएका नेपालीको क्वारेन्टाइनमा मृत्यु

पोखरा,चैत१३। १२ दिनअघि भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

 

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए ।

 

अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

 

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवार स्रोतले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

 

नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

 

‘नेपालीमा मुटु, कलेजो तथा सुगरको पनि समस्या रहेछ । पश्चिमाञ्चल अस्पतालमा थप परीक्षण भइरहेको छ,’ अध्यक्ष ओझाले भने, ‘परीक्षणपछि बाँकी कुरा पत्ता लाग्ला ।