नरहरिनाथ गाउँपालिका वडा नं दुइले कोरोना नियन्त्रण गर्न स्थानीय सबैमा सचेत रहन अनुराेध

कमल कोपिला

कालिकोट,चैत्र १३। बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढिरहेको बेला कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं २ ले सबैलाइ सचेत तथा सावधानी अपनाउन नयाँ कार्यक्रमको थालनी गरेको छ। उक्त वडा प्रवेशस्थलमा चेकजाँच सहित स्थानियलाई पठाउने गरेको छ ।

 

साथै सम्पुर्ण टोल – टोलमा कोरोना भाईरस सावधानी अन्तर्गतका केही नयाँ कदम पनि थालेको छ। घर घरमा गएर सचेतनामुलक जानकारी दिने गरेको र टोलटोलमा माईकिङ सिस्टमद्वारा प्रचारप्रसार गर्ने गरेको उक्त वडाका अध्यक्ष प्रेम दमाईले जानकारी दिनुभएको छ।

 

अहिले सम्म कोहि पनि संक्रमित ब्यक्ती नभेटिएको र यदि संक्रमित ब्यक्ती भेटिएमा र भारत तथा अन्य ठाउँबाट आउनेलाई गाउँपालिकाको पहल कदमबाट तत्काल क्वारेन्टाइन स्थल बनाएर करिब दुई हप्ताभन्दा बढी राख्ने तयारी पनि भइरहेको उक्त वडाका सचिव लोकेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ।