कोरोना भाईरस लाग्दैन भन्दै सुदुरपश्चिम र मध्यपश्चिमका केही जिल्लामा कोइला खाेज्दै भ्रम सृजना

सर्पलाल गिरी

बाजुरा,चैत्र १४। यो भ्रम कि यथार्थ: सुदुरपश्चिम र मध्यपश्चिमका केही जिल्लाहरूमा अहिले एउटा नयाँ कुराले चर्चा पाएकाे छ।

 माटोमा कोइला निस्कि छ, त्यसमा तेल मिसाएर तिलक लगाए पछि कोरोना भाईरस लाग्दै भन्ने अन्धविश्वासले अहिले सुदुरपश्चिम र मध्यपश्चिमका गाउँ-गाउँमा भ्रम सृजना गरेर मान्छेहरू भेला जम्मा भएर कोईला खोज्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

यस्तो भ्रमले सरकारलाई चुनौती दिई रहेको छ।भने त्यहाँका स्थानीय सरकार र जिल्ला प्रशासन कार्यलय पनि मुखदर्शक जस्तै देखिएका छन् । अहिलेको एकासौ शताब्दीमा पनि यस्तो भ्रमबाट टाढा हुन नसक्नु भनेको अझै पनि कुसस्कारको जरो बलियो रहेको स्पष्ट देखिन छ । सरकार र सरोकारवाला निकायलाइ चुनौती दिएको प्रष्ट देखिएको छ।

 

प्रशासन र स्थानीय सरकारले यस्ता कुराको छिटो भन्दा छिटो सत्य तथ्य बुझि भ्रम सृजना गर्नेलाई कारबाहीको दाहेरामा ल्याउन जरुरी देखिन्छ।

 

अझै पनि धामीझाँक्री कै भरमा परेर जाने हो भने भबिस्यमा ठुलो दुर्घटना हुन सक्ने देखिन्छ ।त्यसैले बेलैमा सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिएको छ ।

 

बाजुरा लगायतका जिल्लाहरुमा घरको भित्र जाँदा दायाँ र निस्किदा बायाँ ढोकामा खनेर तिलक पाएको हल्लाले बजार तताएको देखिन्छ । विहानै उठेर यो हल्लाले बजार पाएको सुनियो र सुनें । मैंले कोल्टि बजारमा हेर्दा प्रत्येकले आफ्नो घर अगाडि ढोकामा खनि रहेको आफै प्रत्यक्ष देखे तिलक पाएको भनी निधारमा लगायको र अरुलाई लगाई रहेको भेटाएँ ।

 

घरबाट बाहिर निस्किन नपाउने गरि सरकारले लकडाउन गरेको अबस्थामा  १०-१५ जना जम्मा भएर तिलक खोज्ने गरि जम्मा हुँदा झन जोखिममा पर्छ कि पर्दैनौं यो गम्भीर विषय हो । यो मनन् गर्न जरुरी देखिन छ । कालिकोटको देवताले भविश्यबाणी गरेर सूर्य नझुल्किदै ढोका अगाडि तिलक खोजेर लागाएमा कोरोना भाग्छ भन्ने हल्लाले राती नै त्यो खबर पाउने जतिले आफन्त कहाँ खबर गरेर विहान खोजेर भेटायौं भन्ने हल्ला सम्म आयो ।

 

कसैले सुर्खेत, कसैले तराई बाट माता माईले भविश्यबाणी गरिन भन्ने छ । यो विषयमा अफवा, भ्रम नै हो भन्नेमा हामी सबै विस्वस्थ नै छौ। अर्को पाटोमा आस्था, विश्वास, धर्म र साहस बढाउन पनि यसले मद्दत गर्न सक्छ । विश्वासको नाममा कुरिति, अन्धविश्वास र भ्रममा पर्नु हुँदैन ।

 

मेरो नाङ्गो आँखाले घर अगाडि तिलक खोजी रहेका हरुले तिलक जस्तो कालो चिज निकाल्दै तेल हालेर निधारमा लगायको पनि देखेको थिए। अनि अब कोरोना लाग्दैन भनी हाँशिखुशी भएको दृश्य पनि देखेको थिए । देवीदेवताको आस्था, विश्वास र भविश्यवाणीले जनसमुदायमा आत्म शान्ति र विश्वास जगाउनु एक पाटोमा ठीक होला ।

 

हामी हिन्दुवादी धर्म, सँस्कृति र समुदायमा आधारित धार्मिक विश्वास गर्ने समुदायका बासिन्दा हौं । अर्को तिर कोरोना भाईरसले मैं हौं भन्ने विश्वका शक्तिशाली राष्ट्र कोरोनाको कहरले, आक्रान्त बनाएर डढेलो झैं मानवीय क्षति भएको अबस्थामा चिकित्साशास्त्र र विज्ञानले घुडा टेकिरहेको अबस्थामा विश्व स्वास्थ्य संगठन चिन्तित देखि रहेको अवस्थामा यस्ता भ्रमले मान्छेलाइ कता पुगाउ छ। यस्ता भ्रम बाट हामी सबै टाढा रहनु जरूरी देखिन छ विश्व समुदाय कोरोनाबाट भयभित, तर्सित र यसै पिडामा रुमल्लियको अवस्थामा हामी सबैले सजग र सतर्क हुन जरूरी देखिन छ ।

नेपाल सरकार मातहतका मन्त्रालय, विभाग र निकायबाट भ्रममा नपर्नु, अफवाह नफैलाउनु र होम क्वारेन्टाईनमा बस्नु भन्ने सूचना जारी भएपनि तिलक पाईने हल्लामा मानिसको भिड जम्मा हुनुले सरकारले गरेको लकडाउनको अवज्ञा भएको स्पष्ट देखिन्छ। यो भ्रम कि यथार्थ १ यसको पुष्टि नेपाल सरकार मातहतका निकायले चाँडो भन्दा चाँडो गरोस ।

नोट: यो हल्ला भएको जिल्ला, कालिकोट, सुर्खेत, कैलाली,मुगु,हुम्ला, बाजुरा, जुन गाउँ ठाउँबाट हल्ला सुनियो, देखियो त्यो सम्बन्धित जिल्ला प्रशासन, स्थानीय निकाय, पत्रकाररनागरिक समाज लाई जानकारी गरि भ्रम सृजना गर्नेलाइ कानुनी  दाहेरामा ल्याउन जरूरी देखिएको छ।