कोरोना संक्रमणबाट बावुछोरीको मृत्यु

काठमाडौं, चैत १५ । कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा बावुछोरीको नै ज्यान गएको छ । बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी ३३ वर्षीया छोरी पूजाको कोरोनाबाट ज्यान गएको हो । उनीहरुको २४ घण्टाभित्रै मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

कोरोना संक्रमित सुधिरको बुधबार र पुजाको बिहीबार मृत्यु भएको थियो । योसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५९ पुगेको छ । त्यहाँ १५ हजार ५ सय ४२ जना संक्रमित छन् ।

 

बेलायतमा १३५ कोरोना संक्रमित भने निको भएका छन् । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ भने ५ लाख ९६ हजार बढी व्यक्ति यसबाट संक्रमित छन् । एजेन्सी