कोरोना भाइरस(कोभिड १९) : के जैविक हतियार हो?यस्ताे छ, भविष्यवाणी

 कोरोनाभाइरस (कोभिड १९)को सङ्क्रमण विश्वभर महामारीको रूपमा फैलिएको छ। झण्डै साढे ५ लाखभन्दा बढी सङ्क्रमण र २५ हजारभन्दा बढीको मृत्युसँगै कोभिड १९ ले यो शताब्दीकै सबभन्दा ठूलो महामारीको रूप लिइसकेको छ।

यसरी कोभिड १९ ले महामारीको रूप लिइसक्दा यसबारे धेरै चर्चा इन्टरनेटभर हुन थालेको छ। यसबारे हल्ला, शङ्का उपशङ्का, अनुमान र भविष्यवाणी सामाजिक सञ्जालमा र अनलाइन पोर्टलमा पनि थुप्रै आउन थालेका छन्।

कोभिड १९ बारे यस्तै डरलाग्दो, असामान्य र अविश्वसनीय षड्यन्त्रका कथाहरू भारतको इकोनोमिक टाइम्सले यसरी प्रस्तुत गरेको छ।

 एउटा उपन्यासमा कोरोनाको भविष्यवाणी

सने १९८१ मा डिन कून्ट्जको एउटा उपन्यास प्रकाशनमा आएको थियो, ‘द आइज अफ डार्कनेस’। त्यस उपन्यासको एउटा अनुच्छेदमा कोरोनाभाइरसको सटिक भविष्यवाणी गरिएको छ।

 

उक्त अनुच्छेद सामाजिक सञ्जालमा तुरन्तै भाइरल भएको थियो। प्रयोगकर्ता अचम्म मान्न बाध्य भए किनकि समानता निकै धेरै थियो र यसलाई होइन भन्न सक्ने अवस्था थिएन।

 

उपन्याको पृष्ठभूमि यस्तो छ।आफ्नो छोरा क्याम्पिङमा जाँदा हराएपछि एक आमाले उसको खोज ीगर्न थाल्छिन्। उनको छोरा चीनको उहानमा एउटा डरलाग्दो भाइरस महामारीबीच फसेको हुन्छ।

 

उक्त अनुच्छेदमा डोम्बे नामक पात्रले उहान ४०० नामक उक्त भाइरसको कथा बताउँछन्। सो भाइरस उहान सहरबाहिर एउटा आरडिएनए प्रयोगशालामा बनाइएको हुन्छ र यो मानिसद्वारा उक्त अनुसन्धान केन्द्रमा बनाइएको जीवाणुको सानो भागबाट बनेको थियो।

 

त्यसपछि उक्त अनुच्छेदले भाइरसले कसरी मानव शरीरलाई असर गर्छ भन्ने सूक्ष्म विवरण दिएको छ। सन् १९८१ यो पुस्तकले दिएको उहान ४०० को विवरण ३९ वर्षपछि आज कोरोनाभाइरससँग धेरै मिल्छ।

  के कोरोनाभाइरस जैविक हतियार हो 

इन्टरनेटभर कोरोनाभाइरस षड्यन्त्र भनी निकै पोस्ट आइरहँदा भाइरल भएकामध्ये एउटा हो, के कोरोनाभाइरस जैविक हतियार होरु इकोनोमिक टाइम्सकै एउटा प्राइम रिपोर्टका अनुसार क्यानाडामा कार्यरत चिनियाँ वैज्ञानिक समूहलाई गुप्तचरको अभियोग लगाइएको थियो। यससँगै डरलाग्दो रोगाणुमा काम गर्ने क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबमा उनीहरूलाई प्रतिबन्ध गरिएको थियो।

 

‘नीति उल्लंघन’को उक्त आरोपले चीनलगायत अन्य देशको जैविक हतियारका कार्यक्रमबारे देखाएको छ। जैविक हतियार ऐनका निर्माता डा। फ्रान्सिस बोयलले भनेका थिए, ‘कोरोनाभाइरस डिएनए परिवर्तन गरी बनाइएको डरलाग्दो जैविक हतियार हो।’

 

तर अद्यापि कोरोनाभाइरस जैविक हतियार हो भन्ने कुरा अपुष्ट नै छ। यस्तो कुनै पोस्ट भए कम्तीमा अहिले, त्यो अफवाह मात्रै हो।

  समुद्री खानाको बजारमा यसको उद्भव 

वैज्ञानिकहरूले कोभिड १९ को उद्भव कहाँबाट भयो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्, तर यसको उद्भव समुद्री खानेकुराको बजारमा भएको अनुमान गरिएको छ। चिनियाँ स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनका अनुसार ‘अधिकतम’ सङ्क्रमण समुद्री खानेकुराको बजारसँग सम्बन्धित थियो। त्यसैले त्यस्ता बजार १ जनवरीका दिनदेखि बन्द गरिएको थियो।

 

अनलाइन मञ्चहरूले उहानको समुद्री खानेकुराको बजारभन्दा पनि पनि उहानको इन्स्टिच्युट अफ भाइरोलोजीमाथि शङ्का गरिरहेका छन्। उक्त इन्स्टिच्युटमा चौथो तहको अर्थात् सबैभन्दा डरलाग्दो भाइरसको प्रयोगशाला रहको छ।

 

यसबारे खुलेरै अगाडि आउने मुख्य व्यक्ति थिए, अमेरिकी सिनेटर टम कटन। उनले फक्स न्युजमा उक्त भाइरस ल्याबमा बनाइएको हुनसक्ने बताएका थिए।

 

केही अनलाइन प्रयोगकर्ताहरूले यो चिनियाँ जनसङ्ख्या नियन्त्रण गर्न फैलाइएको पनि भनेका छन्। तर, यी सब कुराहरू निराधार छन्। अहिलेसम्म यसको प्रमाण कहीँ कतै छैन।

 सार्सभन्दा खतरनाक होइन

शङ्का गर्नेहरू जहाँ पनि छन्। जब कोरोना भाइरसको समाचार फैलियो, धेरैले सामाजिक सञ्जालमा विश्वभरका मिडियालाई कोरोना भाइरसबारे अनावश्यक आतङ्क मच्चाएको दोष लगाए।

 

धेरैले यसलाई सन् २००३ को सार्स महामारीसँग तुलना गरे। वैज्ञानिकहरू भनेका छन्, भाइरस जति भयानक हुन्छ, त्यति त्यसबाट मृत्युदर कम हुन्छ।

 

एक रिपोर्टअनुसार कोरोना भाइरसको मृत्यु दर २.३ प्रतिशत थियो भने सार्सको डरलाग्दो ९.६ प्रतिशत थियो।

के मिडियाले यसलाई अनावश्यक उचालेका हुन् त? यो २ प्रतिशत आसपासको मृत्यु दरको केही आधार छ तरु मृत्यु दर हेर्दा कम देखिए पनि सङ्क्रमण दर र विस्तार भने डरलाग्दो नै देखिन्छ। हालसम्म विश्वका १९९ देश र क्षेत्र तथा १ पानीजहाजमा यसको सङ्क्रमण देखिएको छ।

  के सिम्पसन्सले यस महामारीको भविष्यवाणी गरेका थिए 

सिम्पसन्स धेरै कारणले लोकप्रिय छ। लामो समयसम्म प्राइमटाइममा चलेको सिरिजका रूपमा, धेरै पुरस्कार जितेकोले र विश्वभरका ठुल्ठूला घटनाको भविष्यवाणीका कारण।

 

अमेरिकामा ९र११ को आतङ्कवादी हमलादेखि राष्ट्रपतिमा ट्रम्पको विजयसम्मको पूर्वानुमानको कुरापछि यो भविष्यवेत्ता नोस्ट्रादामसजस्तै भएको छ। कोरोनाभाइरसको महामारीसँगै यस शोले महामारीको पनि पूर्वानुमान गरेको कुरा अगाडि आएको छ।

 

फेब्रुवरी २० तिर फेसबुकमा एउटा पोस्ट भाइरल भयो सन् १९९३ को एउटा एपिसोडमा होमर सिम्पसन र प्रिन्सिपल स्किनर बिरामी हुन्छन्, अर्को तस्बिरमा टेलिभिजन वाचकले केही पढ्दा पछाडि ‘कोरोना भाइरस’ लेखिएको हुन्छ।

 

तर यी तस्बिर पछि बनाइएका हुन्। त्यसमध्ये तीनवटा तस्बिर ‘ओसाका फ्लु’ नामक एपिसोडको हो जहाँ एउटा कामदारले होमरको एउटा प्याकेटमा खोक्छन् र उनी पनि बिरामी पर्छन्। त्यस्तै उक्त टेलिभिजन वाचकको पछाडि ‘कोरोना भाइरस’ होइन, ‘एपोक्यालिप्स म्याउ’ लेखिएको थियो।एजेन्सी ।