कोरोनामाथि रविन्द्र अधिकारी र बास्कोटा प्रवृतिले प्रभाव जमाउँदै

हुकुमबहादुर सिंह

ओली सरकारका ओली द्धारा प्रभावशाली घोषित गरिएका ओलीका तत्कालिन पृयमन्त्रीहरु रविन्द्र अधिकारी र गोकुल बाष्कोटा प्रवृति र चरित्र अहिले कोरोना कहरमा फेरी जाग्न थालेको छ । उनीहरुले ओली सरकारमा समाएको भ्ष्टाचारको व्यारोमिटर अहिले पनि घटेको छैन, झन बढने लक्ष्यण देखिदै छ । किनभने भ्रष्टाचार एउटा प्रवतिको रुपमा वर्तमानमा कोरोना भाइरसको रुपमा ओली मन्त्रीमण्डभित्र फैलिरहेको छ । नेपाली जनता एकातिर आइसोलेसन, क्वारेनटाइन र लकडाउनमा दिन विताउन बाध्य छ्न् तर ओली सरकारभित्र फैलिरहेको भ्रष्टाचारी भाइरस भने न आइसोलेसनमा छ नत क्वारेनटाइनमा नै । त्यो त निश्फिक्रि रुपले नेपाल सरकारको हरेक तह र तप्कामा जरा गाडन सफल देखिएको छ । र अहिले यो कोरोना भाइरससित आन्तरिक रुपले मित्रता कायम गरेर नेपालभित्र घूमिरहेको छ ।

नेपाली जनताले कोरोना भाइरसको रोकथामका लागि जे जस्तो मूल्य चुकाउन पनि कस्सिरहेको मनोवैज्ञानिक मौका छोपेर ओली सरकारका मन्त्रीहरु नयाँ रविन्द्र अधिकारी र गोकुल बाष्कोटाको रुपमा अवतार लिइरहेका छन् । कोरोना भाइसरका कारण देशमा हरेक क्षेत्रमा अभाव बढदै छ र यही अभावलाई आधार बनाएर ओलीका मन्त्रीहरु अरवौ लुटने तरखरमा योजनाकासाथ लागिरहेका देखिन्छन् छन । यसको सुरुवात अहिले भरखरै ओली सरकारुले कोरोना रोकथामका लागि भनेर चीनवाट लिन लागेको स्वास्थ्यजन्य सामाग्रीबाट गरिदै छ भन्ने अनगिन्ति प्रमाणहरु विभिन्न अनलाइन समाचारमा पढन पाइन्छन् ।

 

नेपालबाट प्रकाशित गरिने विभिन्न अनलाइनहरुले ओली सरकारका वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कसरी नेपालको एउटा वदनाम कम्पनीसित मिलेर चीनको ग्ग्वान्जाओबाट कोरोना भाइरसको रोकथामका लागि अत्यधिक मूल्य तिरेर नेपालमा सामान झिकाउँदै छन् भनेर जनताको बीचमा यसलाई बाहिर ल्याउने प्रशंम्सनिय काम गरेका छन् । ती अनलाइनहरुले दिएका तथ्यांक अनुसार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चिकित्सकले लगाउने १०लाख थान मास्क खरिद गर्ने स्विकृति दिएका छन् ।

 

त्यसवारे ती अनलाइनहरुको भना्रइ के रहेको छ भने त्यो मास्कको मूल्य अहिले सरकारद्धारा ३८ रुपीयाँ तोकिएको छ जवकि नेपालमै अहिले बजारमा त्यसको मूल्य ७ रुपीयाँ पर्दछ । यसरी देशभित्रै ७ रुपीयाँमा पाइने मारुक चीनबाट ३८ रुपीयाँमा किन खरिद गर्नु परयो त रु उत्तर स्पष्ट छ यसभित्र लुकेको कमिशनको भाग । ओली सरकारका स्वाथ्य मन्त्रीको निर्देशनमा सरकारले प्रतिमास्क ३२ सेन्ट अमेरिकी डलरमा खरिद गर्न लागेको छ र यो ३२ सेन्ट भनेको आजको डलर मूल्य अनुसार ३८ रुपीयाँ हुन आउँछ । जबकि यही गुणस्तरको मास्क नेपाली उत्पादकले अहिले बजारमा ५देखि ७ रुपयिाँमा बिक्रि गरिरहेका छन् । किन सरकारले करीब ६ गुणा बढी मूल्यमा किन्न थालेको हो ?

सरकारले अहिले चीनबाट किन्न थालेको मास्क भनेको सर्जिकल मास्क हो, जो चिकित्सकहरुले प्रयोग गर्दछन् । उक्त सर्जिकल मास्कको मूल्य नेपाली बजारमा अधिकतम मूल्य १० रुपयिाँ भन्दा बढता नपर्ने स्वयम चिकित्सकहरु बताउँछन् । तर सरकारका मन्त्रीलगायत उच्च ओहोदाका मानिसहरु भने कमिशनको लोृभमा परेर यति महंगो सामान खरिद गर्न थालेका छन् ।

 

के स्पष्ट हो भने नेपालमै पनि निम्बस नामको कम्पनीले यही प्रकृतिको मास्क बनाइरहेको छ र उसले बजारमा यसको मूल्य ७ रुपीयाँ तोकेको छ । साथै यही गुणस्तरको मास्क अहिले बजारमा ५ रुपीयाँमा बिक्रि भइरहेको छ । अनि त्यही मास्कलाई ओली सरकारले चीनवाट ३८ रुपीयाँमा खरिद गर्न गइरहेको छ । नेपालका देशभक्त व्यापारीहरुले देशलाई अप्ठयारो परेको समयमा सस्तो मूल्यमा मास्क बनाएर बजारमा पठाइरहेको समयमा र तयसलाई कसरी हुन्छ मात्रात्मक र गुणात्मक बृद्धि गर्दै लैजानुको बदलामा यो दलाल सरकारका मन्त्री र प्रशासकहरुले जनताको कठिन अवस्थाबाट फाइदा लिई नेपाल राष्ट्रको राष्ट्रिय ढुकुटीमाथि बम्ह्लुट गर्न थालेका छन् । मास्क त  एउटा सानो सामान हो जसलाई नेपालभित्रै सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ । त्यसैगरी मास्क बाहेक अन्य सामानमा पनि अत्यधिक मूल्य देखाएर सामान किन्न थालिएको छ ।

 

सरकार दलाल र भष्टाचारीहरुको कब्जामा छ भन्ने प्रमाण त यो एउटा उदाहरणबाटै स्पष्ट हुन्छ जसमा अनलाइनहरुको दावी छ कि सरकारले किन्ने सबै सामाग्रीको मूल्य ६ हजार नेपाली रुपीयाँ परेको छ जवकी त्यही सामान नीजी क्षेत्रबाट १६ डलरमा मगाइएको छ र सो पनि चीनबाटै आउँदै छ भनिएको छ । यसरी नेपालका व्यापारीको नाममा केही दलाल नफाखोरहरुसित मिलेर सरकारले राज्यकोषको दोहन गर्न थालेको स्पष्ट हुन्छ । अर्को स्पष्ट उदाहरण पनि छ त्यो के भने सरकारले मगाएको चस्माको मूल्य सही मानेमा ४० रुपयिाँ पनि पर्दैन जवकी एउटा गुणस्तरीय चस्माको मूल्य १ डलरभन्दा बढी पर्दैन भने सरकारले उक्त चस्माको प्रति चस्माको मूल्य १८ डलर तोकेको छ । भनिन्छ जवकि १८ डलरमा त नीजि क्षेत्रका व्यावसागीले पीपीइ नै नेपाल भित्रयाउने तरारी गरिरहेका छन् । यसरी जे जसरी अहिले बाहिर आएका स्रोतहरु छन् तिनीहरुको अध्ययन गर्दा निजी क्षेत्रका व्यापारीले १६ डलरका दरले पीपीइ सेट, ३५ डलरका दरले थर्मामिटर, १ डलर ३६ सेन्टका दरले फेस मास्क मगाएका छन् र तर सरकारले किन्ने हरेक सामानको मूल्य मनलाग्दी रुपले तोकेको पाइएको छ । त्यसैगरी नेपालमै १० रुपीयाँ पर्ने डिस्पोजल सूज कभर सरकारले २ डलरमा किन्न थालेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशकको हस्ताक्षरमा यी सामान किन्न थालिएको बताइएको छ । उनको विगतको प्रशासनिक छवी मन्त्रीलाई पनि आर्थिक लोभमा पार्ने र आफूले पनि कमाउने रहदै आएको छ ।

 

ओली सरकारले (वास्तमा यो अब इश्वर पोख्रेल नेतृत्वको सरकार बनेको छ)यतिसित मिलेर देशको प्राकृतिक स्रोतको बम्ह्लुटको योजना बाहिर आएको त स्पष्ट छ अहिले यसले अर्को भ्रस्ट ओम्नीटेक कम्पनीसित मिलेर कमिशनका लागि कसरत गरिरहेको छ । विशाल पण्डित नामका ती व्यापारीको नामको ओम्नीटेक कम्पनीले विगतमा पनि यस्ता उपकरण खरिदमा अनगिन्ती अनियमितता गरेर अख्तियारमा समेत उजूरी परेको कम्पनी हो । यस्तो कम्पनीलाई इश्वर पोख्रेल र भानुभक्त ढकालले अहिले अगाडि सारेर नेपालका यति, वाइडबोडी प्रकरणजस्तै बाट अरवौ कमाएरको ओली सरकारले अहिले ओली सरकारका स्वासेस्थ्य मन्त्री भानुभक्त ढकालले रविन्द्र अधिकारी र गोकुल बास्कोटाको मार्ग अनुसरण गरेको देखिन्छ ।

 

ओलीका पृयपात रविन्द्र अधिकारी र गोकुल बास्कोटाको मार्ग के थियो, स्पष्ट भएको छ र अब भानुभक्त ढकालको पनि त्यही हविगत हुने स्पष्ट छ । रविन्द्र अधिकारी र गोकुल बास्कोटाजस्ता भ्रष्टहरुलाई जोगाउन ततकालका लागि ओली सफल देखिएका छन् । तर नेपाली जनताले कति दिनसम्म यस्ता भ्रस्टहरुको सरकारको राष्ट्रिय ढुकुटीमाथिको ब्रम्ह्लुट टुलुटुलु हेरेर बस्ने छन् । यस्ता भ्रष्टाचारीहरु माथिको कारवाहीलाई आतङकवादी कारवाही देख्ने नेकपाका नेताहरु पनि यी र यस्ता प्रकारका कमिशनबाट प्राप्त आम्दानीको हिस्सेदारीमा सहभागि त छैनन रु गम्भीर प्रश्न उठेको छ । यसरी के स्पष्ट भएको छ भने रविन्द्र अधिकारी र बास्कोटा प्रवृति र भ्रस्टाचारी चिन्तनले अहिले कोरोनामाथि पनि प्रभाव जमाउँदै छ । ओली सरकारका मन्त्रीहरु कोरोना रोकथामलाई आधार बनाएर व्यापक भ्रस्टाचारको जालोलाई वैधानिकता दिने कसरतमा लागेका छन् ।