कोरोनाको कहर: संवेदनशिल घडिमा शक्ति राष्ट्र चीन र अमेरिका विच वाक युद्धमा देखिनु दुर्भाग्य

   जनकराज गिरी 

-अहिले सम्पूण मानवजातिले वसोवास गरेको हाम्रो घर​(planet)कोरोना भाइरसको सन्त्रासमा डुबेको छ। विश्वभरिका लेखक,चिन्तक देखि Renowned University का प्रोफेसर ,वैज्ञानिक सम्म,चर्चित पत्रिकाका सम्पादक देखि विश्वविख्यात मानव। समाजशाश्त्री सम्म,शक्तिराष्ट्रका सरकार प्रमुखदेखि विद्धान राजनितिज्ञ सम्म, सेलिब्रेटि कलाकार देखि खेलाडि सम्म, BBC, CNN,Alzazira ठुला पर्दादेखि दुर-दराजका रेडियो एफ.एम सम्म, Big corporate house का multi-millinior देखि गाँऊघरका खुद्रा पसलेसम्मका अभिब्यक्ति, छलफल, वहस, विचार- विर्मश,टिप्पणी, अन्तर्वाता,चिन्तन,परामर्श,संवाद जतासुकै कोरोना कहर नै देख्न, पढ्न, हेर्न, बुझ्न पाइन्छ।

 

शताब्दियौँ पहिले हाम्रो पुस्ताले ल्पेग, देउला, दादुरा, विफर महामारीको सङ्कट पनि नबेहोरेको होइन। आधा जनसङ्ख्या जनसङ्ख्या रित्याउने गरी दक्षिण अमेरिकी क्यारेवियन दिपमा फैलिएको स्पेनिस फ्लु, इबोला, सार्स, मार्स जस्ता खतरनाक रोगबाट विश्वसमुदाय आतंकित भएको इतिहास कसैले विर्सेका छैनन तर अहिलेको महामारीले नछोएका भुगोलको कुनै कुना वाँकी आज प्रत्येक मानवजातिले आफ्नो जिवनरक्षाको लागि यो महामारी को छिटै निदान पर्खिरहेको संवेदनशिल घडिमा अभिभावकिय नेतृत्व लिनुपर्ने शक्ति राष्ट्रहरू खासगरी चिन र अमेरिका आपसमा दम्भ र अहमताको वाकयुद्धमा ओर्लिनु निकै अशोभनिय छ।

 

केहि हप्ता पहिले डोनाल्ड ट्रम्पले चिनको वुहानमा रहेको microbiology lab चिनले लुकाएर राखेको छ यसले मात्र कोरोना भाइरस को सामना गर्न सक्छ र वुहान भाइरोलोजि institute ले यो भाइरस जानाजान छाडेको हो भनि Twitt गरे। त्यस लगतै चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले फिट डेट्रिक मेरिल्याण्डमा रहेको जैविक हतियार केन्द्रमा अमेरिकाले कोरोना भाइरस वनाएको र अमेरिकी सेनाले उक्त भाइरस वुहान ल्याएको भनि एउटा जाशुसि संस्थाको Link लाई Twitt गरेर मतभेद बढाउने काम गरे। शक्ति राष्ट्रहरूको मतभेद यत्तिमा मात्र सिमित छैन। यसै हप्तामात्र सिमाना जोडिएको छिमेकि रास्ट्र दक्षिण कोरिया र जापानले कोरोना भाइरसबाट आफ्ना नागरिको उद्द्दार गर्न भ्याइनभ्याइ भएको बेला उत्तर कोरियाले सिमानाको सामुद्रिक टापुमा मिसाइल क्षेप्यास्त्र परिक्षण गरेर युध्दको मिमाँसा प्रदर्शन गरेको छ।

 

जैविक-आणविक हतियार, मिसाइल र क्षेप्यास्त्र को होडबाजिमा रमाइरहेका शक्तिराष्ट्रहरू र विज्ञानको आविष्कार ले ग्रह, उपग्रहमा नाच्दैछन, प्रविधिको विकासले संसारलाई data उपनिवेस बनाउन खोज्दैछन र Digital Dictatorship लादन खोज्दैछन के यो विकराल समस्याको खोजिमा तत्पर छन? के ति राष्ट्रहरु आफुले बर्षेनि छुट्याउने खरबौँ डलरको रक्षा बजेट काटौति गरेर रोग, भोग र कुपोषणबाट बर्षेनी मर्न बाध्य गरिब देशका लाखौँ मानिस लाई बचाउन आपसमा जुटेका छन? कोरोना भाइरसको त्रासले घर भित्रै लकडाउनमा छटपटिएकाहरुको एउटै मात्र प्रश्न छ।

 

आज टेलिभिजनको पर्दामा आँखा नियाल्दै जाँदा कोरोना कहरका कारण विश्वका ठुल्ठुला शहरहरुमा मुर्दा शान्तिको तस्बिर देख्नपाइन्छ ।छिमेकि भारतको दिल्लि स्थित इन्डिया गेट देखि कस्मिरि गेट सम्म, कोरोनाबागदेखि गाजियाबादसम्मका मेट्रो स्टेशन रित्तो देखिन्छन भने एकै मिनेटमा हजारौँ मानिस चढ्ने, ओर्लिने न्युयोर्कको Jakson height देखि Times square सम्मका स्टेसनमा औँलामा गणना गर्न सकिने यात्रु देखिन्छन। त्यतिमात्र होइन कोरोनाकै कारण इटालिको Vatican city र Milan को लुम्बार्डि वरपरका चिहान र गिर्जाघर नजिक लास पुर्ने कोहि हुदैन जसरि आजभोलि पशुपतिको आर्यघाटमा आफन्तको दाहसँस्कारमा कोहि आफन्त मलामि देखिदैनन।
आसा गरौँ भविष्यको हाम्रो यो घर (Planet) सुरक्षित राख्न वेदमा भनेझैँ “ऋतं च सत्यं चच”धरति।पृथ्वी माता लाई माया गरौँ सबै मानव जातिको भलाई यसैमा छ।

 नेपाली काँग्रेस बाजुराका नेता तथा पुर्ब भुमिसुधार तथा सहायक मन्त्री हुनुहुन्छ। उहाँकाे फेसबुकबाट