कसरी दिउँ परिचय………………………
मिलन समीर

कसरी दिउँ परिचय नाम भन्नै लाज लाग्छ ।
बेरोजगारी हैन भनुँ काम भन्नै लाज लाग्छ ।।
अति विकट दुर्गम क्षेत्र पहाडको कुना भित्र
त्यसैले त जन्मिएको ठाम भन्नै लाज लाग्छ ।
पाखे भन्ने हो कि मलाई सहरिया परिवेशले
हाँस्दै खेल्दै हुर्किएको गाम भन्नै लाज लाग्छ ।
खोलेसिस्नो, गुन्दु्रक, ढिडो, आँटो बाहेक खाको छैन
होटल अनि रेष्टुरेन्टमा जाम भन्नै लाज लाग्छ ।
आकाशकी तारा तिमी म त भने भुइको धुलो
आजीवन तिम्रो साथ पाम भन्नै लाज लाग्छ ।
(९८४६१३६१३७)