माइतीघरमा फहराइयो अहिलेसम्मकै ठूलो झण्डा

काठमाडौं, १६ माघ । काठमाडौंको माइतीघर मण्डलामा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर सबै भन्दा ठूलो झण्डा फहराइएको हो ।

करिब आठ किलो तौल भएको उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको हो ।

नेपालको अहिलेसम्ममै ठूलो दाबी गरिएको राष्ट्रिय झन्डा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फहराएका थिए ।