राजपाको सहभागिताविना मधेसमा चुनाव हुन सक्दैनः यादव

सिरहा, १७ जेष्ठ । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजकिशोर यादवले आफ्नो पार्टीको सहभागिताबिना चुनाव हुन नसक्ने दाबी गरेका छन् ।

मिर्चैयाको घुर्मिबजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले मधेसीको सम्पूर्ण अधिकार प्राप्त नभएसम्म आफूहरु चुनावमा नजाने  । मधेसी जनता विरोधी संविधान संस्थागत गर्न चुनाव गर्न लागिएको आरोप लगाउँदै उनले अहिलेको चुनावमा आफ्नो पार्टीले भाग नलिने बताए ।

अहिले हुन लागेको स्थानीय निकायको निर्वाचन मधेसी जनताको पक्षमा नभएको भन्दै उनले संविधान संशोधन नभएसम्म पार्टी चुनावमा नजाने बताए । उनले राजपाको सहभागिताविना मधेसमा चुनाव हुन नसक्ने उनले जिकिर गरे ।

राज्यले मधेसमा आफ्नो पार्टीको सहभागीता विना चुनाव गराउने दुशाहास गरे जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । उनले भने,

नेता यादवले समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा जाने गरेको निर्णय आत्मघाती भएको दावी गरे । उनले उपेन्द्र्र्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावमा जाने निर्णय गर्नु आत्मघाती भएको टिप्पणी गरे । ५४ जना मधेसीको ज्यान जाने गरी आन्दोलन गरेर अहिले धोका दिएको उनले उपेन्द्रमाथि आरोप लगाए । कार्यक्रममा पार्टीका महासचिव रामकुमार मण्डल, केन्द्रय सदस्यहरु तथा जिल्लाका नेताहरुको उस्थिति रहेको थियो ।