व्यापार घाटा नियन्त्रण अबको मुख्य चूनौति ः प्रधानमन्त्री

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मुख्य चुनौति भएको बताएका छन् । बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अध्याँरो युग बिस्थापित गरेको भन्दै आर्थिक बृद्धिदर पनि उत्साहवद्र्धक रहेको बताएका हुन् ।

नेपाल पशुपालन र पशुपंक्षी उत्पादनमा आत्मनिर्भर बन्दै गएकोमा प्रधानमन्त्रीले खुसी समेत व्यक्त गरे । ‘नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । कृषि र पशुपालनको क्षेत्रमा हामी पुरै आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले यो क्षेत्रलाई अझै फोकस गर्न सकेका छैनौं । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही हो’, प्रधानमन्त्रीले भने ।

सो अवसरमा नेपाल पशु चिकित्सा परिषदमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७४ जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायणप्रसाद घिमिरे रहेका छन् ।